९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रे बारले कानूनी शिक्षा दिने


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares


१४ फागुन ०७६, ललितपुर । स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधिलाई करिब तीन वर्षपछि नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक एकाइले ‘कानुनी शिक्षा’ अभियान थालेको छ । एकाइले यो सातादेखि तेमाल गाउँपालिकाबाट कानूनी शिक्षा अभियान थालेको हो ।
जिल्लाका सबै स्थानीय तहमा समन्वय गर्दै संहिता–२०७४ तथा स्थानीय तहमा बनेका कानूनका विषयमा वडास्तरका जनप्रतिनिधि एवं स्थानीयलाई जानकारी गराइने एकाइ सचिव मदुसुदन वाग्लेले बताउनुभयो । “अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र स्थानीय बासिन्दालाई आफ्ना कानूनबारे जानकारी नहुँदा अभियान नै थाल्नुपर्ने आवश्यकता देखियो”, उहाँले भन्नुभयो । उहाँका अनुसार अभियानको पहिलो चरणमा बारका प्रतिनिधि र जनप्रतिनिधिको संयुक्त बैठक राखी कानूनी साक्षात्कार गरिने तथा पृष्ठपोषण दिइनेछ ।
स्थानीय तहका जनप्रतिनिधि (न्यायिक समितिका पदाधिकारीसहित)सँग साक्षात्कारपछि वडास्तरमा कानूनी शिक्षाको योजना बनाइनेछ । स्थानीय तह पनि आफ्नै कानून निर्माण गरिरहेको सन्दर्भमा स्थानीयवासीलाई समेत कानूनी सचेतना गराउनुपर्ने भएकाले बारको समन्वयमा कानूनी शिक्षा कार्यक्रमको योजना बनाइएको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “अब स्थानीय बासिन्दालाई नयाँ संहिता र पालिकाको कानूनबारे जानकारी दिनु अत्यावश्यक भइसक्यो ।”
उपाध्यक्ष तामाङले गाउँपालिकामा अवस्थित विद्यालयमा पनि संहिता र स्थानीय तहको कानूनबारे शिक्षा दिनुपर्ने बताउनुभएको छ । “कानूनी शिक्षा विद्यार्थीको प्राथमिकतामा राख्दा बहुउपयोगी देखिन्छ, विद्यार्थीले आफ्नो परिवारका सदस्यलाई कानूनबारे सचेत गराउँछन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार तेमालमा ६१ मेलमिलापकर्ता र तीन न्यायिक समितिका पदाधिकारीले न्याय सम्पादन गर्दै आएका छन् ।
एकाइसँग समन्वय गरी सम्पूर्ण जनप्रतिनिधि तथा बासिन्दालाई न्यायिक शिक्षा प्रदान गर्न आफू तयार रहेको गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकार सञ्चालन ऐन–२०७४ बारे पनि स्थानीयवासीलाई जानकारी गराउँदा न्याय सम्पादनमा सजिलो हुन्छ, कानूनसँगै सरकार सञ्चालनबारे जानकारी अत्यावश्यक देखियो ।” गाउँसभामार्फत हालसम्म सात ऐन, नियम र कार्य्विधि तयार गरिएको उहाँले बताउनुभयो । “थप कानून बनाउन बारसँग समन्वय गर्दै जानेछौँ”, उहाँले भन्नुभयो ।
मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीले स्थानीयस्तरमा कानूनी सेचतना गर्न नभ्याइरहेको अवस्थामा ढिलोगरी भए पनि ‘कानूनी शिक्षा’ अभियान थालिएको वाग्लेले बताउनुभयो । “तेमालबाट अभियान शुरु ग¥यौँ, क्रमैसँग अन्य पालिकासँग समन्वय गर्दै जानेछौँ”, उहाँले भन्नुभयो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ४६ बजे