१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुँदै


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागीहरु ।

१५ फागुन ०७६, ललितपुर । ललितपुरमा अन्तराष्ट्रिय व्यापार मेलाको आयोजना हुने भएको छ । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा यही चैत्र २६ देखि ३० गते सम्म मेला आयोजना हुनेछ ।

बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायत देशले पनि प्रर्दशनीमा भाग लिनेछन् । वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले आगन्तुक देशका लागि ४० वटा स्टल छुट्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘सहभागिता ज्यादा हुने अवस्था आएका स्टलको संख्या बढाउन सकिन्छ ।’
मेलामा कुल १ सय २० वटा स्टल रहनेछन् पुल्चोकस्थित मदन स्मारक परिसरमा आयोजना हुने मेला नयाँ बर्षको पुर्वसन्ध्यामा आयोजना हुने हुँदा अवलोकनकर्तासँगै किनमेल पनि राम्रो हुने अपेक्षा गरेको संद्दका अध्यक्षले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
कला नगरीको रुपमा परिचित ललितपुर विशेषतःहस्तकलाको परिचित छ । प्रर्दशनीमा अधिकाशं हस्तकलाका सामान प्रर्दशित हुने अपेक्षा छ ।
मेला ललितपुर महानगरपालिकासँग सहकार्यमा आयोजना हुँदैछ । इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिको बजार तथा मेला व्यवस्थापनमा आयोजना हुँदैछ ।

मेलाका संगीतको आनन्द लिदै नेवारी तथा अन्य खानाको मज्जा लिन सकिनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : १७ बजे