४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ने.उ.वा.महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

१४ फाल्गुन ०७६, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । आज एक आयोजित कार्यक्रममा उनले सो घोषणा गरेका हुन् । ‘समृद्धिको आधार, राज्य निजी क्षेत्रको साझेदारी’ भन्ने मूल नाराका साथ आगामी चैतको २८ र २९ गते हुने महासङ्घको ५४औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको दरिलो खम्बाका रुपमा रहेकोले यसले आर्थिक विकासमा ठूलो सहयोग पु¥याउने बताए । उनले आफू निर्वाचित भए व्यवसायीका समस्या समाधान गर्न अग्रसर हुने बताए ।

मुलुकमा राजनीतिक स्थिरता रहेकाले निजी क्षेत्र सरकारसँग हातेमालो गरी मुलुकको समृद्धिका लागि तयार रहेको उपाध्यक्ष ढकालले बताए । “राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्न सक्यो, त्यति नै समृद्ध हुन्छ”, ढकालले भन्नुभयो, “राज्यले निजी क्षेत्रलाई साझेदारीका रुपमा हेर्नुपर्दछ, मुलुक राज्य र निजी क्षेत्रले बनाउने हो ।”

ढकाललेमुलुकभित्रका उद्योग व्यवसायको लगानी सुनिश्चित गरी बाहिरी मुलुकबाट लगानी भित्र्याउनुपर्नेमा जोड दिए । उपाध्यक्ष ढकालले महासङ्घलाई ठूला व्यवसायीमा मात्र नभएर साना, मझौला व्यवसायीको समेत संस्था बनाउनुपर्ने बताए ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष हुने व्यवस्था छ । अब हुने साधारणसभाबाट अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनुहुनेछ । यसअघि वरिष्ठ उपाध्यक्षका लागि अर्का उपाध्यक्ष किशोरकुमार प्रधानले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकालको उम्मेदवारीमा महासङ्घका पूर्वअध्यक्ष चण्डी ढकाल, सुरज वैद्यलगायतको सहभागिता थियो । ढकालको बैंकिङ, केबुलकार र पर्यटन क्षेत्रमा लगानी रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : १२ बजे