१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चितवनमा चारपाङ्ग्रे म्याजिकको रुट निर्धारण


१५ फाल्गुन २०७६, बिहिबार  

0
Shares

१४ फाल्गुन ०७६,चितवन । चितवन जिल्लामा यात्रु बोक्ने चार पाङ्ग्रे म्याजिकको रुट निर्धारण गरिएको छ । बजार क्षेत्रमा बढ्दो चाप र ग्रामीण क्षेत्रमा यातायात साधनको अभाव भएपछि व्यवस्थित गर्दै ५८३ म्याजिकलाई १२ रुटको अनुमति दिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका र म्याजिक यातायात व्यवसायीको साझा संस्था संयुक्त यातायात व्यवसायी समितिसँग समन्वय गरेर रुट इजाजत प्रदान गरेको छ । आज यहाँ आयोजित रुट नम्बर वितरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्ट र संयुक्त यातायात व्यवसायी समितिका अध्यक्ष चिनीबहादुर बोहोराले तोकिएअनुसारको क्षेत्रमा सवारी सञ्चालन गर्न अनुरोध गर्नुभएको छ।

त्यस्तैगरी सो अवसरमा भरतपुर चक्रपथमा सबैभन्दा बढी २५०, शारदानगरतर्फ ९२, गीतानगरतर्फ ७१, विजयनगरतर्फ २९, गौरीगञ्जतर्फ ४३, गोन्द्राङतर्फ ५३, भोजाडतर्फ १४, खोलेसिमलका लागि १८, गैँडाकोटका लागि ४४, मुग्लिनका लागि २०, पर्साका लागि ३० र देवघाटका लागि १० म्याजिकलाई सञ्चालनका लागि अनुमति दिइएको छ ।

https://www.youtube.com/@lalitkhabar

यसअगाडी इजाजत दिँदा जिल्ला र अञ्चलभरिनै सञ्चालन गर्न पाउने सुविधा दिएपछि सबैको ध्यान बजार क्षेत्र हुने गरेको थियो । बजार अस्तव्यस्त बनेको र ग्रामीण क्षेत्रमा यात्रुले सवारी पाउन मुस्किल भएपछि स्थानीयस्तरको आवश्यकतालाई ध्यानमा राखेर सङ्ख्या निर्धारण गरिएको भट्टले जानकारी दिनुभयो ।

रुट नम्बर पाएका सवारीसाधनलाई एक साताभित्र सञ्चालन हुने क्षेत्रको नाम लेखेर अगाडि राख्न आग्रह गरिएको छ । जिल्लामा ६७४ म्याजिक दर्ता छन् । रुट नपाएकाको कागजपत्र हेरेर आवश्यकता महसुस भएका क्षेत्रमा थप गरिने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।