१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तारकेश्वर नगरपालिकाले नयाँ पुस्तक पढाउने


१५ फाल्गुन २०७६, बिहिबार  

0
Shares

१४ फाल्गुन ०७६,  तारकेश्वर ।  तारकेश्वर नगरपालिकाले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्ष समेटेर स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । स्थानीयस्तरका मूल्यमान्यता, कला संस्कृतिको संरक्षण र सम्बर्धन गर्नै उद्देश्यले स्थानीय पाठ्क्रम तयार गरी कार्यान्वयनमा ल्याइएको नगर शिक्षा शाखा प्रमुख होमथान न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाले शैक्षिक सत्र २०७६ देखि कक्षा १ र ६ मा ‘हाम्रो तारकेश्वर’ नामक पुस्तक अध्ययनअध्यापन शुरु गर्ने भएको छ। । । एक सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेशाव्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरणलगायत विषय समेटिएको छ ।

त्यस्तैगरी “शैक्षिक सत्र २०७७ देखि थप कक्षा २, ४ र ७ मा समेत स्थानीय पाठ्यपुस्तक पढाइ गर्ने तयारी गरेको छौँ”, प्रमुख न्यौपानेले भन्नुभयो । विद्यालयका शिक्षक र जनप्रतिनिधिबीच सहमति भई उक्त पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

हाल नगरपालिकामा ७१ संस्थागत, २१ सामुदायिक, दुई महिला र एक धार्मिक विद्यालय रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  २ : ४२ बजे