१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गतबर्षका उत्कृष्ट तस्विरहरुको प्रर्दशनी सुरु


१५ फाल्गुन २०७६, बिहिबार  

0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना । साथमा क्लवका अध्यक्ष विकाश कार्कीलगायत तस्विर ः पिजे क्लव

१५ फागुन ०७६, काठमाण्डौ । फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी काठमाडौंैको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।

फोटो प्रर्दशनीको उद्घाटन राष्ट्रियसभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार गरेका छन् । प्रदर्शनी फागुन १५ गते बिहीबारदेखि २० गते मंगलबारसम्म ६ दिन चल्नेछ ।

अध्यक्ष तिमल्सिनालाई मायाँको चिनो प्रदान गर्दैै क्लवका अध्यक्ष विकाश कार्की ।

फोटो प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा छानिएका सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजम, ीषभतष्mभ भ्हउभचष्भलअभ नेचर एन्ड वाइल्ड लाइफ, सेलपे डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम स्पोर्ट्स र नेप्टोस फोटो स्टोरी गरि सात विधाका उकृष्ट १ सय ७५ फोटो राखिएको फोटो पत्रकार क्लब नेपालका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिए ।
प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले प्रदर्शनी उद्घाटन गर्दै यस्ता प्रतियोगिता र प्रदर्शनीले पुस्तौंसम्म इतिहासको अभिलेख सुरक्षित राख्ने बताए । अत्याधुनिक प्रविधिको विकासले यतिबेला मानिसको पढ्ने बानी घट्दै गएको समयमा घण्टौं लामो व्याख्या गर्नु वा लेख्नुको साटो त्यसभन्दा बढी नै बयान गर्ने सशक्त माध्यम फोटो भएको उनको भनाइ थियो । उनले फोटोलाई जीवन निर्वाह गर्नसक्ने माध्यमका रुपमा विकास गर्नेतर्फ प्रयास गर्न पिजे क्लबलाई सुझाव दिँदै त्यसका लागि आफूले सक्दो सघाउने वचनसमेत दिए । उनले प्रदर्शनीको सफलता र नेपाली फोटो पत्रकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागी हुन आग्रह गर्दै विदेशमा पनि यस्ता प्रतियोगिता जित्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले दैनिक, सामाजिक जीवनमा फोटो अपरिहार्य बनेको उल्लेख गर्दै आइएमई ग्रुपले फोटो पत्रकारहरुलाई प्रोत्साहित गर्न पिजे क्लबसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि सहकार्य गरिरहने प्रतिबद्धता दोहो¥याए ।

प्रर्दशनीको रिवन काटेर शुभारम्भ गर्दै राष्टिय सभाका अध्यक्ष गणेश तिमल्सिना ।

सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले प्रदर्शनीमा उत्कृष्ट फोटोहरु राखिएको बताए । यस्ता फोटोले अन्तराष्टिय जगतमा नेपालको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन्, उनले भने । नेपालबाहिर पनि यस्ता प्रदर्शनी गर्न सिटी एक्सप्रेसले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक एलबी बानियाँले यस्ता प्रदर्शनीले नेपालका बारेमा बयान गर्ने भएकाले बोर्डले यस्ता किसिमका कार्यक्रममा हातेमालो गर्दै आएको बताए । हामीले नेपालको प्रवद्र्धन गर्ने फोटोहरुलाई मात्र नभएर फोटोग्राफरहरुलाई पनि फोटोसँगै प्रवद्र्धन गर्नुपर्छ, उनले भने ।
पिजे क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति विकास कार्कीले फोटो प्रतियोगिता र प्रदर्शनीमा सहकार्य गर्ने सबै प्रायोजक सबै संघसंस्था र कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिप्रति आभार व्यक्त गरे । उनले नेपाली फोटो पत्रकारले अब आफूले खिचेका फोटो विक्रीका लागि दुई वटा प्लेटफर्म उपलब्ध रहेको जानकारी दिए । ती दुई प्लेटफर्ममध्ये एउटा नेपाल पर्यटन बोर्डको फोटोनेपाल डटट्राभल र अर्को नेप्टोसको नेप्टोस डटआइओ भएको जानकारी दिए ।
उनले फोटो पत्रकारले सुखद मात्र नभएर दुर्घटना, मृत्युजस्ता दुःखद घटनालगायत सबैखाले गतिविधिको फोटो खिच्नुपर्ने भएकाले सर्सति हेर्दा फोटो पत्रकार मानवीय संवेदनारहीत र निर्दयी रहेको गलत बुझाइलाई फोटो अफ द इयर उपाधि जितेका नभेष चित्रकारले पुरस्कारको रकम हाइड्रोसेफालुसबाट निधन भएका बजरंगी मिश्रको परिवारलाई प्रदान गरेर चिरेको बताए । उनले यसका लागि नभेषलाई हार्दिक धन्यवादसमेत दिए ।
फोटो अफ दि इयर विजेता नभेष चित्रकारले पुरस्कारबापत पाएको १ लाख १० हजार ५ सय रुपैयाँ (फोटो अफ दि इयर र फोटो स्टोरी विधाको प्रथम पुरस्कार बापतको रकम) प्रमुख अतिथि राष्टियसभा अध्यक्ष तिमिल्सिना तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक ढकाल र अन्य अतिथिको समुपस्थितिमा फूलकुमारी मिश्रलाइ हस्तान्तरण गरे । फूलकुमारी मिश्र नभेष चित्रकारले खिचेको तस्बिरमा देखिएका हाइड्रोसेफालुसबाट अकालमै मृत्युवरण गरेका रौतहट बरियारपुरका दुई वर्षिय बालक बजरंगी मिश्रकी आमा हुन् ।
नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरका गरि जम्मा ६ हजार २ सय २५ फोटोबीच प्रतिस्पर्धा भएको थियो ।
एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवं क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेको निर्णायक मण्डलले विजेतासहित उत्कृष्ट १ सय ७५ फोटो छनोट गरेको थियो ।
काठमाडौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी गरिएका फोटोहरुकोे प्रदर्शनी नेपाल फोटो यात्रा अन्तर्गत देशका ६ प्रमुख सहरमा समेत गरिनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ९ : ३२ बजे