१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका पुर्वमेयर बेखारत्नको सम्झनामा श्रद्धाञ्जली सभा


१७ फाल्गुन २०७६, शनिबार  

0
Shares

७ फागुन ०७६, पुल्चोक । ललितपुर महानगरपालिकाले तत्कालिन ललितपुर नगरपालिकाका मेयर बेखारत्न शाक्यको १३ पुण्यतिथिमा शुक्रवार पुलचोकस्थित महानगर कार्यालयपरिसरमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
सभामा मेयर चिरिवावु महर्जन,सासंद धना खतिवडा र उपमेयर गिता सत्याललगायतले शाक्यको तस्वीरमा माला र फूलको गुच्छा अर्पण गर्दै श्रद्धा सुमन व्यक्त गरेका थिए । शाक्यको फागनु ४ गते निधन भएको थियो ।
वि सं २०४९ सालमा सम्पन्न भएको निर्वाचनमा तत्कालिन उपमहानगरको प्रमुखमा निर्वा्चित भएका थिए । पाँच वर्षको कार्यकालमा उनले ललितपुरलाई सफा सहर बनाउनका लागि केन्द्रित भएर काम गरेका थिए ।
श्रद्धाञ्जली सभामा राष्ट्रिय सभाका सांसद धना खतिवडाले शाक्य सत्यवादी नेता भएको बताइन् । जीवन छँदा गरेका कामले मृत्युपछिसम्म पनि सबैको सम्झनामा रहने बताउँदै शाक्य सम्पूर्ण ललितपुरबासीको मनमस्तिष्कमा रहेको स्पष्ट पारिन् ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले शाक्य ललितपुरको प्रमुख हुँदा आफू वडाध्यक्ष भएर काम गरेको अनुभव सुनाए । उनले भने, ‘ उहाँले छक्का पन्जा थिएन , सत्यमा अडिक हुनुहुन्थ्यो , निस्वार्थ काम गर्नुहुन्थ्यो । ’ काम गर्न प्रेरित गर्ने शाक्यसँग काम गर्दा रमाइलो अनुभव संगालेको उनले बताए ।
शाक्यको सम्मानमा महानगरले यस्ता सभा मात्रै आयोजना गर्नु पर्याप्त नभएको बताउँदै प्रमुख महर्जनले कार्यपालिकाको बैठकबाट निर्णय गरेर शाक्यको नाममा विशेष काम गर्ने योजना बनाएको जानकारी दिए ।
ललितपुर महानगरपालिकका उपप्रमुख गीता सत्यालले शाक्य सत्यमा अडिक हुने नेता भएको बताइन् । उनले बेखारत्य शाक्यसँग लामो समय संगठनमासँगै काम गरेको बताइन् । शोक सन्तप्त परिवारप्रति धैर्य धारणको कामना समेत गरिन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर क्षेत्री , शाक्यसँग काम गरेका वडा अध्यक्ष सानुकाजी महर्जन लगायको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ८ : ०९ बजे