९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेको महाभारतमा मगर भाषामा पढाई शुरु


१७ फाल्गुन २०७६, शनिबार  

0
Shares


१७ फागुन ०७६,काभ्रे धाप । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकामा कृषि प्राविधिक तथा मगर भाषा शिक्षा शुरु गरिएको छ । ‘एक पालिका एक प्राविधिक शिक्षालय’ कार्यक्रमअन्तर्गत बाली विज्ञानको प्राविधिक शिक्षा थालिएको हो ।
महाभारत पर्वत शृङ्खला (डाँडापारी) पारी अवस्थित महाभारत गाउँपालिका–१ धापस्थित भैरव माध्यमिक विद्यालयमा कृषि प्राविधिक शिक्षाको अध्यापन शुरु गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताउनुभयो । “विटक गाउँपालिका मानिएको महाभारतले भौतिक पूर्वाधार मात्र नभई शिक्षामा लगानीले समाज रुपान्तरित हुँदै जान्छ, जनशक्ति उत्पादनले स्थानीयलाई सहज हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार प्राविधिक शिक्षालयको शुरुआती चरणा ४२ विद्यार्थी अध्ययनरत छन् ।
महाभारतमा प्राविधिक शिक्षालय स्थापना भएपछि छिमेकी खानीखोला गाउँपालिका तथा सिन्धुलीको ध्याङ्लेक र मरिण गाउँपालिकाका विद्यार्थीलाई समेत सहज भएको बताइएको छ । शिक्षालयको यसै साता अध्यक्ष जिम्वाले शुभारम्भ गर्नुभयो ।
यसैगरी, महाभारत गाउँपालिकामा स्थानीय मगर सङ्घको सहकार्यमा मगर भाषा शिक्षा पठनपाठन शुरु गरिएको छ । सात वडामा बिहान र बेलुका दुई घण्टा कक्षा सञ्चालन हुनेगरी एकैसाथ मगर भाषा क्षिक्षा शुरु गरिएको सङ्घका अध्यक्ष हस्तबहादुर दर्लामीले बताउनुभयो । “मगर समुदायको भाषा, संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले भाषा शिक्षा शुरु ग¥यौँ”, उहाँले भन्नुभयो ।
वडाको पायक पर्ने स्थानमा मासिक २६ दिन कक्षा सञ्चालन गर्न तीन शिक्षकका लागि गाउँपालिकाले सहयोग गरेको छ । अन्य भाषा प्रवद्र्धन गर्न शिक्षा प्रदानका लागि सहयोग गर्दै जाने गाउँपालिका अध्यक्ष जिम्वाले जानकारी दिनुभयो । पछिल्लो जनगणनाअनुसार गाउँपालिकामा कूल जनसङ्ख्याको २१ दशमलव २२ प्रतिशत मगर समुदायका बासिन्दा रहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : ५१ बजे