१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोरोना भाइरसले रोक्यो ‘टोखा महोत्सव’


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares


१८ फागुन ०७६, काठमाडौं । कोरोना भाइरस जोखिमका कारण टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ ।
नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिनुभयो । “विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र बनाएको थियो ।
नेपाल भ्रमण वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई टोखा चिनाउनका लागि नेवाःगुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको थियो । महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : १० बजे