९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खरीपाटी क्वारेन्टाइनमा रहेका भोली घर फर्कने


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

१८ फाल्गुुन ०७६,भक्तपुर । कोरोना भाइरसको उद्गमस्थल चिनको हुवाई प्रान्तको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीहरुको दोस्रो पटकको थ्रोट स्वाव परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा बसिरहेका १ सय ७५ जना नेपालीको थ्रोट स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार उद्धार गरेर ल्याइएका सबै नेपालीको परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताए । सबैको परीक्षण भइरहेको र भाइरस नेगेटिभ देखिए घर फर्काउने तयारी भइरहेको उनले जाकारी दिए ।

त्यस्तैगरी संकलित थ्रोट स्वावको परीक्षणकालागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको छ । उद्धार गरेर ल्याइएका १ सय ३५ जना पुरुष र ४० जना महिला बच्चा सहितको दुई परिवार रहेका छन् ।वुहानको ६ वटा सहरमा अध्यन र व्यापार गर्दै बसेका १ सय ७५ नेपालीलाई दुई साता अघि नै स्वदेश ल्याइएको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १२ : २५ बजे