१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा ‘सम्पदा पदयात्रा २०२०’ हुँदै


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

 

१८ फाल्गुुन ०७६ भकक्तपर । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले ‘हाम्रो सम्पदा, हाम्रो पहिचान’ भन्ने नाराका साथ पहिलोपटक ‘सम्पदा पदयात्रा २०२०’ को आयोजना गरिने भएको छ ।

नगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको सहकार्यमा मध्यपुरथिमिमा सञ्चालित ओस्ला नेपालले आगामी चैत १ गते सम्पदा पदयात्राको आयोजना गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । ओझेलमा परेको मध्यपुरथिमिभित्रका पर्यटकीय गन्तव्य र यहाँका उत्कृष्ट सम्पदाको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको पदयात्रा शङ्खधर चोकबाट शुरु भई विभिन्न सम्पदाको भ्रमण गर्दै नीलबाराहीमा पुगेर सम्पन्न हुने उनले बताए ।

त्यस्तैगरी पदयात्रा शङ्खधर चोकबाट शुरु भई तछ्टोल, विष्णुवीर, बालकुमारी, वामुने टोल, लाछी टोल, लोकेश्वर मन्दिर, दथुटोल, लायकु, सिवाटोल, दुई पोखरी, इनाय टोल, इन्द्रायणी, दिगुटोल ताहानानी, चोडे, महालक्ष्मीस्थान, भुँलाखेल, हात्तीमहाँकाल, सिद्धिकाली, कुमाननी, चपाचो गणेश, सोङ्गा पुखु, पाटी विहार, बहाखाबजार, गार्चा चोक, द्यों छे नगदेश सिद्धि गणेश, बुद्ध विहार, कमल पोखरी, कालिका मन्दिर, महालक्ष्मी, खांसी बाराही देवु, टिगनीहुदै निलबाराही मन्दिर पुगेर समापन हुने भएको छ।

नगर प्रम्ख श्रेष्ठले भने, “मध्यपुरथिमिमा पहिलोपटक सम्पदा पदयात्राको आयोजना हुन लागेको हो, भक्तपुर आउने पर्यटकलाई एक पटक मध्यपुरथिमिभित्रको सम्पदाको पनि अवलोकन गर्नुपर्छ भन्ने सन्देश दिने उद्देश्य हाम्रो हो, यो सम्पदा पदयात्राले आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यपुरथिमिमा आकर्षिक गर्न टेवा पुग्नेछ ।”

त्यस्तै हजारौँ वर्ष अगाडिदेखिका ऐतिहासिक, धार्मिक एवं कलात्मक सम्पदा यस नगरपालिकामा रहे पनि भक्तपुर जाने पर्यटक यहीँबाट जाँदा पनि यहाँको पर्यटकीय गन्तव्यको बेवास्ता गर्ने गरेका बताउँदै उनले उपत्यकाका १८ नगरपालिकामध्ये मध्यपुरथिमिका सम्पदा, कला, संस्कृति संरक्षण र सम्वद्र्धनमा अघि रहेको जिकिर गरे ।

उनले मध्यपुरथिमिलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गर्न सरकारसँग आग्रह गर्दै सम्पदा पदयात्राले त्यसमा पनि सघाउ पु¥याउने विश्वास व्यक्त गरेका छन् । सम्पदा पदयात्राका बारेमा बोल्दै ओस्ला नेपालका अध्यक्ष रोशन बज्राचार्यले मध्यपुरथिमिका सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्य स्थानको पहिचान गराउने विभिन्न निकायको सहभागितामा सम्पदा पदयात्रा कार्यक्रम गरिने जानकारी दिए।

पदयात्रामा नेपाल पर्यटन बोर्ड नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय, होटल एशोसिएशन ९हान०को पहलमा विदेशी पाहुना, स्वदेशी तथा विदेशी पर्यटक, विभिन्न सङ्घसंस्था, स्थानीय समुदाय, सञ्चारकर्मीसमेतको सहभागिता गराउने,सांस्कृतिक झाँकीसहित पदयात्राको आयोजना गरिने भएको उनले जानकारी दिए । कार्यक्रमका लागि करिब रु सात लाख लाग्ने अनुमान गरिएकामा रु पाँच लाख ५० हजार नगरपालिकाले सहयोग गर्ने भएको ओस्ला नेपालका सचिव एवं पदयात्रा कार्यक्रमका संयोजक राजेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १ : ४३ बजे