९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कीर्तिपुर महोत्सव वैशाखमा


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

१८ फागुन ०७६, किर्तिपुर । कीर्तिपुर नगरपालिकाले स्थानीय उत्पादन, सामाजिक÷सांस्कृतिक पृष्ठभूमि, स्थानीय प्राकृतिक सम्पदा तथा चिनारीलाई थप उजागर गर्दै पर्यटकलाई आकर्षण गर्न आगामी वैशाखमा महोत्सव गर्ने भएको छ । विसं २०७७ वैशाख १६ देखि २० गतेसम्म महोत्सव घोषणा गरिएको नगर प्रमुख रमेश महर्जनले बताउनुभयो ।
उहाँका अनुसार उक्त महोत्सवबाट नगरको जनजीवन, सांस्कृतिक रहनसहन, मूर्तअमूर्त कलाकृति र सम्पदालाई विश्वमाझ उजागर गरसी आर्थिकसामाजिक क्षेत्रको विकास गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाको समन्वयमा आयोजना हुने उक्त महोत्सवमा नेपाल पर्यटन बोर्ड तथा भ्रमण वर्ष सचिवालयसँग समेत सहकार्य गरिनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : ३६ बजे