११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोरोना भाइरस परिक्षणका क्रममा भक्तपुर खरिपाटीमा क्वारेन्टाइन बसेका फर्के घर


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवन खाली गराउँदै, तीनदिन अघि दुईवटा भवन खाली गराएपनि आज थप दुईवटा भवन खाली गराएको छ । तस्वीर ः रमेश गिरी\रासस

१८ फागुन ०७६, ललितपुर । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी आज घर फर्किएको छ ।
नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकसहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५औँ दिनमा आज अपराह्न ४ः३० बजे घर फर्काइएको हो ।
उनीहरुलाई नेपाल वायु सेवा निगमका कर्मचारीसमेत लिन आएका थिए । उहाँ रहेका १८ जनालाई आज बिदाइ गरी घर फर्काइएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिनुभयो । उहाँले क्वारेनटाइन राख्न हँुदैन भन्दै विरोध गर्ने स्थानीय बासिन्दा आज भने यही आएर बिदाइ गरेको जानकारी दिनुभयो ।
यसअघि यही फागुन ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइन बसेको १४औँ दिनमा शनिबार स्वाब नमूना सङ्कलन गरिएको थियो ।
यता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनाको भने अझै रिपोर्ट आएको छैन । शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको छ । उनीहरुको रिपोर्ट सोमबारसम्म आउनसक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
धेरै जनाको स्वाब नमूना एकै पटक परीक्षण गर्नुपर्ने भएकाले समय लाग्ने र सबैको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको आयो भने मात्रै घर फर्काइने भएको हो । मन्त्रालयका अनुसार १७५ जनामध्ये एक जनामा मात्रै कोरोना सङ्क्रमणको लक्षण देखियो भने पनि सबैलाई फेरी अर्को १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । खरिपाटी क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा रहनु भएका नेपाली सेनाका क्याप्टेन डा निवन फुयाँलले अहिलेसम्म क्वारेन्टाइनमा रहेका कसैमा पनि ज्वरो आउने, रुघा लाग्नेजस्ता कुनै लक्षण नदेखिएको बताउनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : २८ बजे