१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लाजिम्पाटको ज्वलेर्सबाट ५ सय तोला सुन चाँदी चोरी


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

१९ फाल्गुन ०७६,काठमाडौं । काठमाडौंको लाजिम्पाटमा अबस्थित पबी ज्वलेर्सबाट सुन र चाँदीका ८५ लाख ७३ हजार बराबरको गहना चोरी भएको छ । काठमाडौं महानगरपालिका–५ हाँडीगाँउ बस्ने दिलिपकुमार श्रेष्ठको पबी ज्वलेर्सबाट गए राति गहना चोरी भएको हो ।

प्रहरीका अनुसार श्रेष्ठको ज्वेलर्सबाट सुनका विभिन्न गहना ९८।६८१ तोला र चाँदीका विभिन्न गहना ४ सय ३४।२६२ तोला र नगद २ लाख ४५ हजार रुपैयाँ चोरी भएको छ ।

त्यस्तैगरी चोरी गरिएको गहनाको नेपाली बजार मूल्य ८५ लाख ७३ हजार ४ सय ६५ रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : २१ बजे