४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चौतारी लघुवित्त संस्था र आरम्भ लघुवित्त वित्तीय संस्था मर्ज हुने


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

१९ फाल्गुन ०७६,काठमाडौं । नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा मर्जका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभिनका लागि यसअघि दिइएको सैद्धान्तिक सहमति गर्दा तोकिएका सर्तहरु पूरा गरेकाले अन्तिम स्वीकृति दिइएको हो । बैंकले त्यस्तो स्वीकृति आइतबार दिएको हो ।

त्यस्तैगरी दुई संस्था मर्ज भएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका रूपमा वित्तीय कारोवार गर्ने भएका छन् । बुटवललाई केन्द्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको चौतारी र बनेपालाई केन्द्र बनाएर वित्तीय कारोवार गर्दै आएको आरम्भले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को सर्त’ पूरा गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ । मर्ज हुन लागेका दुवै संस्थाले आ–आफ्नो वार्षिक साधारणसभाबाट निर्णय गरेबमोजिम चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्तको कायम हुने शेयर ‘स्वाप’ अनुपात एक बराबर एक हुने गरी शेयर पूँजी मिलान गर्नुपर्नेछ । त्यस्तै गाभिएर कायम हुने शेयरको सूचीकरण गर्नुपर्ने र शेयर कारोवारमा सहज हुने गरी रोक्का राखिएको धितोपत्र कारोवार फुकुवाको प्रबन्ध गर्नुपर्नेछ ।

त्यस्तै गाभिएर कायम हुने संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा राख्नुपर्ने, एकीकृत कारोवारसम्बन्धी सूचना दुईपटक सबै शेयरधनीले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने सर्त केन्द्रीय बैंकले तोकेको छ ।

बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार दुवै लघुवित्तलाई मर्जका लागि अन्तिम स्वीकृति दिइएको छ । नेपाल स्टक एक्सचेञ्जमा आरम्भको कूल छ लाख ४४ हजार २८० कित्ता शेयर सूचीकृत छ । त्यस्तै चौतारी लघुवित्तको कूल १९ लाख ९० हजार २०० कित्ता शेयर सूचीकृत छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ३ : २९ बजे