१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चीनबाट फर्केका कसैलाई देखिएन कोरोना


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

कोरोना भाइरस (कोभिड १९) को उदगमस्थल चीनको वुहानबाट उद्धार गरि ल्याइएका १७बmउस५ जना नेपाली विद्यार्थी सोमबार १६ दिनपछि घर फर्किने क्रममा क्वारेन्टाइनमा खुसी हुँदै । तस्वीर ः रमेश गिरी/रासस

१९ फागुन ०७६,भक्तपुर । चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि आज सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्केका छन् । क्वारेन्टाइन बसाइँको १४औँ दिनमा गरेको नाक र घाँटीको स्वाबको परीक्षणमा कसैमा पनि कोरोनाको सङ्क्रमण भएको नपाइएपछि आज सबैलाई घर फर्काइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बतााएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतसहितको सरकारी टोलीले क्वारेन्टाइन पुगेर उहाँहरुको बिदाइ गरेको छ । चीनको त्रास छिचोलेर सरकारले उद्धार गरी खरिपाटीस्थित क्वारेन्टाइनमा राखेका १७५ नेपालीको १६ दिनको क्वारेन्टाइन बसाइँ भने खेल्दै, नाच्दै, गाउँदै रमाईलोसँग बितेको छ । शुरुमा अब के होला भन्ने त्रास रहे पनि यही फागुन ४ गते क्वारेन्टाइन छिरेपछि सरकारले गरेको व्यवस्था देख्दा निकै खुशी लागेको उल्लेख गर्दै क्वारेन्टाइनका एक विद्यार्थीले यहाँ आएपछि अब दोस्रो जुनी पाएको अनुभव भएको बताउनुभयो ।
क्वारेन्टाइनमा टेलिफोनमा कुराकानी गर्दै उहाँले कतै यहाँ पनि चीनमा जस्तै कोठाभित्र कोचिएर बस्नुपर्ने हो कि, क्वारेन्टाइनका दुई हप्ताको बसाइँ कति कठिन होला, परिवारसँग कहिले भेट्न पाइएला भन्ने मनमा लाग्ने गरेको चिन्ता सरकारले यहाँ गरेको व्यवस्थाले सबै दुःख र त्रास बिर्साएको जानकारी दिनुभयो । यहाँ आएपछि खाने, बस्ने राम्रो व्यवस्था गरेको, आवश्यक सबै सामान भन्नेबित्तिकै ल्याइदिने गरेको, स्वास्थ्य जाँचको राम्रो व्यवस्था गरेको, परिवारसँग फोनमै कुराकानी गर्न पाएपछि क्वारेन्टाइनमा चिन्तामुक्त भएर बस्न पाएको उहाँले बताउनुभयो ।
क्वारेन्टाइनमै रहेका अर्का एक व्यक्तिले यहाँ आएपछि आफ्नै देशको माया लागेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आएपछि दोस्रो जुनी पाएको अनुभूति गरियो, त्यसपछि हरेक दिन हामी खेल्ने, नाच गान गर्ने, रमाउने गर्दै सबै पारिवारिक वातावरणमै रहेको अनुभूति भयो, क्वारेन्टाइनमा भन्दा पनि सुविधा सम्पन्न होटलमै बसेजस्तो भयो ।” यो १६ दिनको बसाइँमा बिहान बाहिर निस्किएर शारीरिक व्यायाम गर्ने, भलिबल खेल्ने, व्याडमिन्टन खेल्ने, खाना खाएपछि पनि क्यारेमबोर्ड, लुडो खेल्ने, साथीसँग गफ गर्ने साँझ नाचगान गर्ने गर्दैमा बितेको उहाँहरु बताउनुहुन्छ ।

क्वारेन्टाइन बसाइँमा घरका मानिससँग प्रत्यक्ष भेट गर्न नपाए पनि नजिकै भएको महसुस गर्न पाइएको बताउँदै चीनको वुहानका विभिन्न ठाउँबाट आएकासँग क्वारेन्टाइनमा चिनजान गरी सम्बन्ध विस्तार गर्न पाएकामा उहाँहरु खुशी हुनुहुन्छ । आफूहरु यहाँ आएपछि सबैका परिवारमा खुशी आएको उल्लेख गर्दै यहाँका बासिन्दामा त्रास फैलिएको र घर गाउँ नै छाडेर गएको भन्ने सुन्दा निकै दुःख लागेको उहाँहरुले बताउनुभयो ।
सम्बन्धित निकायले बेलैमा स्थानीय बासिन्दामा जनचेतना फैलाएको भए यहाँका बासिन्दामा त्रास फैलिदैनथ्यो होला भन्ने लागेको उल्लेख गर्दै अहिले स्थानीय पनि त्रास हटाएर घर फर्किएको सुन्दा भने खुशी लागेको क्वारेन्टाइनमा रहेका एक विद्यार्थीले बताउनुभयो । क्वारेन्टाइनमा रहेका डाक्टर पढ्न चीन गएका एक विद्यार्थीले भन्नुभयो, “म डाक्टर पढ्न चीन गएको हुँ, वुहान कोरोनाको मुहान हो, कोरोना नियन्त्रण गर्न चीनलाई मुश्किल परेको छ, त्यसैले हाम्रो सरकारले कोरोनालाई नर्मल लिनुहुँदैन, बेलैमा सबै प्रकारको सावधानी अपनाउनु आवश्यक छ ।”
क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य रेखदेख गर्दै आउनुभएका नेपाली सेनाका क्याप्टेन डाक्टर नवीन फुयाँलले १६ दिनसम्मको बसाइँ नाचगान गर्दै, हाँसखेल गर्दै बितेको बताउनुभयो । उहाँहरुले शारीरिक व्यायामदेखि भलिबल, व्याडमिन्टन, क्यारेम बोर्ड, लुडो खेल्ने, साँझमा नाचगान गर्ने गर्दै रमाइलोसँग बिताएको उल्लेख गर्दै यहाँ रहेका सबैको स्वास्थ्य परीक्षणमा कोरोनामुक्त रिपोर्ट आएकाले आफू खुशी भएको फुयाँल बताउनुहुन्छ ।

क्वारेन्टाइनमा सुरक्षाको जिम्मेवारी सम्हाल्नुभएका नेपाली सेनाको वीर दल गणका गणपति कर्णेल शिव पौडेलले यहाँ रहेका सबै स्वस्थ रहेका र कोरोना सङ्क्रमित कोही नभएको पुष्टि हँुदा निकै खुशी लागेको बताउनुभयो । “हामीले सकेसम्म सबै सेवासुविधा दिएर व्यवस्थापन ग¥र्यौं, आज उनीहरुलाई बिदाइ गर्दा सरकारदेखि सबै खुशी भएको देख्दा हामी पनि खुशी छौँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : २० बजे