
२० फागुन ०७६, काठाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोट जिल्ला कमिटी फागुन २२ र २३ गतेका लागि तय गरेको जिल्ला कमिटीको बैठक स्थगित गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र उक्त महामारीलाई दृष्टिगत गर्दै जिल्ला कमिटीको बैठक स्थगित गरिएको हो । सरकारले ठूला सभासमारोह, भोजलगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले बैठक स्थगित गर्नु परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कालीकोटका सचिव नगेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
जिल्ला कमिटी कालीकोटको यही २०७६ साल फागुन २२ र २३ गते हुने भनिएको जिल्ला कमिटीको बैठक र प्रशिक्षण भेला कोरना भाइरस कारणले तत्काल भेला प्रशिक्षण गर्ने कुरा उपयुक्त नहुने हुँदा अर्को सूचना सम्प्रेषण नगर्दासम्मका लागि बैठक स्थगित सचिव शाहीले बताउनुभयो ।
वडा सदस्यको लडेर मृत्यु
कालीकोट महावै गाउँपालिका–१ दलित महिला वडा सदस्यको जङ्गलमा लडेर मृत्यु भएको छ । जङ्गलमा दाउरा लिन गएकी ४६ वर्षीया कृष्णकला कामीको कल्चुखोलामा लडेर मृत्यु भएको हो । कामीको शव परीक्षणपछि आफन्तले बुझिलिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।








प्रतिक्रिया