
२१ फाल्गुन ०७६,सल्यान । आगोले जलेर एक बालकको मृत्यु भएको छ ।सल्यान जिल्लाको शिद्धकुमाख गाउपालिका वडा नं। १ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षिय छोरा दुर्गा बहादुर बुढाथोकीको मृत्यु भएको हो ।
हिजो मंगलबार बेलुका साढे ८ बजे बुढाथोकीको घरमा आगलागी भएपछि आगो नियन्त्रण पश्चात बालक बुढाथोकी घरको माथिल्लो तल्लामा जलेको अबस्थामा भेटिएका थिए । घरमा आगलागी भएपछि घरका सम्पुर्ण सामानहरु निकालिएको र आगो नियन्त्रण भईसकेपछि घरको सबै भन्दा माथिल्लो तलामा हेर्न जाँदा बालक जलेको अबस्था मृत भेटिएका प्रहरीले जानकारी दिएकोछ ।







प्रतिक्रिया