४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सिभिल बैंकको नयाँ शाखा ललितपुरको नखिपोटमा सञ्चालन


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

२१ फाल्गुन ०७६, ललितपुर । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा कार्यलय आज ललितपुरको नखिपोटमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

आज एक कार्यक्रम गरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोट शाखाको समुद्घाटन गर्नुभएको हो ।

उक्त कार्यक्रमको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टर लाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरीको थियो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ईच्छा राज तामाङ्गद्वारा कम्युनिटी चाइल्ड केयर सेन्टरकी अध्यक्ष श्रीमती बिष्णु थापालाई प्रदान गरिएको थियो।

त्यस्तैगरी नखिपोट शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले नखिपोटमा शाखा स्थापना संगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल बाताबरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका स्थानीय बासीन्दाहरुले आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न अनुरोध गर्नुभयो ।

हाल सिभिल बैंकको देशभरी बैंकिंग प्रणाली करिब ३५ खर्ब भन्दा बढी निक्षेप परिचालन गरी करिब ३१ भन्दा बढी खर्ब कर्जा लगानी गरिएको उहाँले बताउनुभयो

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ४३ बजे