४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


डा. युवराज खतिवडा फेरि अर्थमन्त्री नियुक्त


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा बुधबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा कार्यभार सम्हाल्ने क्रममा स्वागत गर्दै मन्त्रालयका सचिव दीपक सुवेदी । तस्वीर ः रत्न श्रेष्ठ/ रासस

२१ फागुन ०७६, काठमाडौं । राजीनामा दिएको भोलिपल्टै डा. युवराज खतिवडा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा पुनःनियुक्ति भएका छन् । पुर्ननियुक्ति पछि नयाँ ऊर्जाका साथ काम गर्नका लागि आएको उहाँले बताउनुभएको छ ।
पुनःनियुक्तिपछि अर्थ मन्त्रालयमा आज उहाँले पदबहालीका क्रममा आफू मुलुकको गरिबी, अभाव, अशिक्षा, असमानाता र अन्यायका वि?द्ध लडिरहेको बताउँदै ती समस्या हल नहुञ्जेलसम्म र नेतृत्वले फर्की नभनेसम्म लडिरहने धारणा व्यक्त गर्नुभयो । “मेरो लडाई र समय त्यो बेलासम्म हो । त्यो हाम्रो साझा लडाई हो । यसका लागि सबैको साझा प्रयास आवश्यक छ”, मन्त्री डा खतिवडाले भन्नुभयो ।
मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा रहेको र आर्थिक परिसूचक सकारात्मक भए पनि केही वाह्य चुनौतीको सामना गर्नुपरेको उहाँको भनाइ छ । बितेका दुई वर्षमा मुलुकको आयातमा आधारित अर्थतन्त्र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्र हुँदै गएको, आयातमा आधारित राजश्व प्रणाली आन्तरिक उत्पादनमा र आम्दानीमा आधारित राजश्व प्रणालीमा ?पमा विकास हुँदै गएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

उहाँले संविधानले दिएको अधिकारअन्तर्गत तिनै तहका खर्च विनियोजन, लेखाङ्कन प्रणालीलगायत एकीकृत विवरण बनाउने चुनौती रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्रका लागि अझ सहज लगानीको वातावरण बनाउन र सहकार्य गर्न धेरै कानून बनेको र केही कानून बनाउनुपर्ने बताउँदै मन्त्री डा खतिवडाले व्यावसायिक वातावरण सुधारको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुनःनियुक्तिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रपति र प्रधानमन्त्रीप्रति आभार प्रकट गर्नुका साथै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नभयो । कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, मातहतका विभाग र निकायका प्रमुखको सहभागिता थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ५५ बजे