१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरी केउरानीमा आगलागी


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares


२२ फागुन ०७६, काठमाडौं । चन्द्रागिरि नगरको दहचोक केउरानी सामुदायिक वनमा बुधबार साँझ लागेको आगो लागेको छ । वनको बिच भागमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा राती नै नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
हावा चलेसँगै फैलिएको आगो नियन्त्रण गर्न नेपाली सेनाका २६, नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरी बलका १३ सुरक्षाकर्मी परिचालित भएका थिए । जङ्गलभित्र दमकल जान नसक्ने भएकाले आगो नियन्त्रणमा लिन समस्या परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ९ : ४१ बजे