९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी जंगलमा भेटिए पुर्वराजकुमार पारस


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

विशंखुनारायणमा जिपलाइन हेर्दै पुर्वयुवराज पारस । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
२२ फागुन ०७६, विशंखुनारायण । पुर्वराजकुमार पारस शाह गोदावरी जंगलमा अनौठो रुप रंगमा भेटिएका छन् । कालो रंगको जामा लगाएका पारस लामो कपाल र दारी जुगा पालेका पारससँग जोगी पनि सँगसँगै थिए ।
उहाँसँगै रहेका जोगी कोही चप्पल लगाउका थिए भने कसैको खुट्टामा चप्पल थिएन । पुर्वयुवराज पारसले भने छालाको बुट लगाएका थिए ।

मानेटरसाइकलमा बसेर पुर्व युवराज पारससँगै यानत्रामा निस्केका जोगी ।

टोलीमा एक दर्जनको संख्यामा मोटर साइकल र कार थिए । पुर्व युवराज पारस कालो कार चढेर हुइकिदै थिए ।
केही समय पुर्वयुवराज पारसको टोली विशंखुनारायण जंगलमा निर्माणाधिन जिप लाइन हेर्न रोकियो ।
कालो कारमा सवार पारस विशंखुनारायण मन्दिरबाट कोटडाँडातर्फ लागेका हुन् ।

पारस चढेको कालो कार ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : ३८ बजे