२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सर्जिकल माक्सको अभाव


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

ललितपुर लगनखेलमा कोरोना भाइरसबाट बच्न मासक लगाएर गन्तव्यतर्फ जादै यात्रु । तस्विर ः ललितपुर खबर

२३ फागुन ०७६, विरेन्द्रनगर । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ ।
नेपालमा पनि कोरोना भाइरस (कोभिड) १९० संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करिब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल माक्स मौज्दात नरहेको जानकारी दिनुभयो । “डिलरमै माक्स छैन्, हामीसँग भएको पनि सकियो,” उहाँले भन्नुभयो, “एक महिनादेखि माक्स ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।”

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घअन्तर्गत फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाको माक्सहरु पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिनुभयो । कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

यसैबीच, काठमाडौँबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००।५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उहाँलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।
अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था नरहेको छैन । ” प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको हो ।सर्जिकल माक्सको अभाव
प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ ।
नेपालमा पनि कोरोना भाइरस (कोभिड) १९० संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करिब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल माक्स मौज्दात नरहेको जानकारी दिनुभयो । “डिलरमै माक्स छैन्, हामीसँग भएको पनि सकियो,” उहाँले भन्नुभयो, “एक महिनादेखि माक्स ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।”

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घअन्तर्गत फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाको माक्सहरु पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिनुभयो । कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

यसैबीच, काठमाडौँबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००।५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उहाँलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।
अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था नरहेको छैन । ” प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ८ : १५ बजे