१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यविनायकमा दृश्यावलोकन स्तम्भ शिलान्यास


२६ फाल्गुन २०७६, सोमबार  

0
Shares

सासंद बस्नेत भवनको शिलान्याश गर्दै ।

२६ फागुन ०७६, अनन्तलिगेश्वर । सूर्य्विनायक नगरपालिका–७ अनन्तलिङ्गेश्वर मन्दिर प्राङ्गणमा दृश्यावलोकन स्तम्भसहितको सामुदायिक भवन निर्माण शुरु भएको छ । सांसद विकास कोष र नगरपालिकाको संयुक्त लगानीमा निर्माण शुरु भएको भवनको सूर्य्विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आज शिलान्यास गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतको सांसद विकास कोषको साझेदारी कार्यक्रमअन्तर्गत रु ५० लाख र सूर्य्विनायक नगरपालिकाको रु ३० लाखको साझेदारी कार्यक्रममा उक्त भवन निर्माण शुरु भएको छ । शिलान्यास कार्यक्रममा नगरप्रमुख थापाले सामुदायिक भवन निर्माण आगामी जेठ महिनाभित्रै सम्पन्न गर्ने बताउँदै यसलाई बहुउपयोगीका रुपमा प्रयोग गर्ने बताउनुभयो । उहाँले यसलाई दृश्यावलोकन स्तम्भका रुपमा विस्तार गरिने उहाँको भनाइ छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं ४ का वडाध्यक्ष उत्तम थापा, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले यो सामुदायिक भवन मन्दिरको विकासको पूर्वाधारमा ठूलो टेवा पुग्ने र पर्यटकीय क्षेत्रको विकास हुने बताउनुभयो ।
अग्लो डाँडामा बन्ने सामुदायिक भवनको माथिल्लो तलालाई दृश्यावलोकन स्तम्भका रुपमा विकास गर्ने र त्यस ठाउँबाट काठमाडौँ उपत्यका र हिमाली दृश्यहरु देखिन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : ३३ बजे