१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा मास्क सिलाउदै महानगर


२७ फाल्गुन २०७६, मंगलबार  

0
Shares

फाइल तस्विर

२७ फागुन ०७६, ललितपुर । कोरोना भाइरसको सचेतनाका कारण बजारमा मास्कको उच्च माग भई अभाव समेत हुन थालेपछि ललितपुर महानगर मास्कको व्यवस्थापनमा लागेको छ । महानगरद्वारा विज्ञप्ती निकालेर जानकारी गराइए अनुसार सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मास्क उत्पादन गर्न लागिएको हो । सिलाइ तालिम लिएका महानगरका वडाका महिलाले मास्क सिलाउन थालेका हुन् ।
साथै महानगरमा ह्याण्ड स्यानिटाइजरको उच्च मागपछि ललितपुर महानगरपालिकाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का विज्ञहरुसँग समन्वय गरी स्थानीय स्तरमा ह्याण्ड स्यानिटाइजर पनि उत्पादन गर्ने भएको छ । महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्येख भए अनुसार महानगर स्वास्थ्यमुलक उत्पादनमा जान लागेको उल्लेख गरेको हो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस (कोभिड –१९)को उच्च जोखिममा रहेका देशहरुको सूची राखेपछि ह्याण्ड स्यानिटाइजरको माग दिनानुदिन बढ्दै भइरहेको छ । माग बढेसँगै उपभोक्ताले स्यानिटाइजर र मास्कको अभाव महसुस गरेका छन् ।
मास्क र मास्तको प्रयोगले मौसमी रुघाखोकी लागेका व्यक्ति आफू पनि सुरक्षित हुन्छन् । रुखाखोकी व्यक्तिबाट भाइरस अन्य व्यक्ति फैलनबाट रोक्न मास्कले केही सहयोग गर्छ । यिसैगरी महानगरले कोरोनाबारे जनचेतना जगाउन चेतनामूलक सन्देश लेखिएको सन्देश सामग्री वितरण गर्ने विज्ञप्तिमा जनाएको छ । महानगरले ठूला सभा ,सम्मेलन, भोजभत्तेरको आयोजना नगर्न समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ८ : ४९ बजे