१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साथीको ज्यान बचाउन फुड स्टल


२७ फाल्गुन २०७६, मंगलबार  

0
Shares

पाटन दरवारपरिसरमा राखिएको फुड स्टल । तस्विर ः ललितपुर खबर

ललितपुर खबर
२७ फागुन ०७६, मंगलबजार ललितपुर । ललितपुर कुमारीपाटीका रोजल महर्जनको स्वास्थोपचारका लागि पाटनका युवाहरुले फुट स्टल राखेर दिनभर व्यापार गरेका छन् । रोजलको उपचार गर्न मागेर हिड्न भन्दा रचनात्मक काम गरेर साथीलाई सहयोग गरेको युवाहरु बताउछन् । फुड स्टलबाट उठेको सबै पौसा रोजललाई दिने कार्यक्रम रहेको उनीहरु बताउछन् ।

अस्पतालको शैयामा रोजल महर्जन ।

क्यास्पियन भ्याली कलेजमा स्नातक अन्तिम बर्षमा अध्ययनरत रोजल रोजलको दुवै मृगौला खराव भएपछि उनी अहिले समस्यामा छन् । केही बर्षअघि वावुको निधन भएपछि आफैले कमाएर परिवार पाल्नु पर्ने अवस्था रहेका महर्जन आफै विरामी परेपछि परिवार समेत समस्यामा परेको छ । रोजलको हरेक हप्ता २ पल्ट डायलासिस गर्नुपर्छ । महर्जनको उपचार पाटन अस्पतालमा भइरहेको छ ।
स्टलमा ममः चाउमिन समयवजी समेत थियो ।
रोजलको उपचारका लागि रकम जुटाउन युवाहरुले दिभभर नेवारी परिकार बेचे । साथै पाटनका युवाहरुले पाटन कृष्ण मन्दिरपरिसरमा मिठा मिठा गीत गाए । अनि पैसा उठाए ।
पाटनका सेभर्स ग्रुपसम्बद्ध युवाहरु रोजलको ज्यान बचाउन यस्तो क्रियटिभ काम गरेको एक युवक बताउछन् ।
फुड स्टलमा पाटन वरपरका रेष्टुरेण्टमा कुक वेटरको काम गर्ने युवाहरुले सघाएका थिए ।
सेभर्सले कलेज स्कूलमा पनि चन्दा संकलन गरिरहेको छ । साथी साथीहरु मिलेर पैसा पनि दिइरहेका छन् । भन्छन्, यति पैसा नै भयो भनेर नतोकौं केही राम्रो भइरहेको छ ।
युवाहरु होलीमा पनि पाटनमा यस्तै फुट स्टल राखेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : २२ बजे