२७ फागुन ०७६ , काठमाडौं । ट्राफिक प्रहरीले कोटेश्वर–कलङ्की सडकमा नयाँ नियम लागू गर्ने भएको छ ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार मालवाहक र भाडीका गाडी छेउतिरको लेनमा गुड्न पाउछन् भने नीजि तथा तिव्र गतिमा गुड्ने गाडी बीचको लेनबाट चल्न पाउछन् ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाले चैत २ गतेदेखि लागू गर्ने गरी यो नयाँ नियम ल्याउन लागेको हो ।
“फराकिलो सडक र तीव्र गतिसँगै उक्त सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उक्त नियम लागू गर्न लागेका हौँ”, ढकालले भन्नुभयो । महाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो । महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्य्विनायकदेखि कोटेश्वरसम्म उक्त नियम लागू गरिसकेको छ ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वरदेखि कलङ्कीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दुर्घटना हुने गरेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि उक्त नियम लागू गर्न लागेको जानकारी दिनुभयो ।
महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ ।
प्रतिक्रिया