२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बाडेगाँउ जात्रामा फुल्चोकी र श्वेतवाराही भिडन्त


२८ फाल्गुन २०७६, बुधबार  

0
Shares

फुल्चोकी र श्वेतवाराही भाग्ने र छेक्ने क्रममा भिडन्त हुँदै । तस्विर ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
२७ फागुन ०७६, बाडेगाँउ ललितपुर । ललितपुरको बाडेगाउँ सडकमा सोमबार साँझ भीड थियो । सधैं गाडीको लस्कर हुने बाडेगाँउमा श्वेतबाराही देवीको जात्रा का कारण भीड भएको थियो ।

जात्रामा सहभागी नेवारी समुदायकी युवतीहरु परम्परागत भेषभुसामा ।

यहाँ हरेक वर्ष फागुपूर्णिमाको भोलिपल्ट फूल्चोकीमाई र श्वेतबाराही देवीको जात्रा मनाउने गरिन्छ ।
जात्राको अन्तिम दिने फुल्चोकी र श्वेतवाराहीको मूर्ति खटमा राखेर टोल घुमायइको थियो । जात्रा सकिने बेला फुल्चोकीको मूर्ति फर्काउने क्रममा भिडन्त भएको हो ।

जात्रा शुरु हुनु अघि तयारी अवस्थामा खट ।

फुल्चोकीको मूर्ति साँझ परेको र हतार भएको भन्दै लैजाने क्रममा श्वेत वाराही को खट बोक्नेहरुले रोकेका हुन् । बर्ष दिनमा एक पल्ट भेट ल्याइएकोे फुल्चोकी माईको खट एक दिन राख्नु पर्ने भन्दै श्वेतवाराही पक्षको अडानका कारण लामो समय रोक्ने र छेक्ने श्रृखला चलेको थियो ।


अन्नतः श्वेतवाराही पक्षलाई छक्याउदै फुल्चोकी माईको रथ त्याहाबाट फुत्केको थियो ।
हरेक वर्ष यसरी नै फुल्चोकी माई आफ्नी दिदी श्वेत वाराहीको घर वाडेगाँउ आउदा दिदीले बहिलाई बाटो छेकेको जनश्रृतिलाई जात्रामा उतारेर खट बोकेर बाटो छेक्ने र भाग्न खोज्ने जात्रालुबीच भीडन्त हुने गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ११ : ०६ बजे