४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा सङ्ग्रौला घर फर्किन


२८ फाल्गुन २०७६, बुधबार  

0
Shares

२८ फाल्गुन ०७६,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उहाँको स्वास्थ्यमा सुधारको क्रम भने जारीे छ । उहाँलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिनुभए पनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उहाँको स्वास्थ्यबारे जानकारी लिएर उहाँ घर फर्कनुभएको थियो ।

दाह्री आफैँ काट्नुभयो :प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज आफैँ आफ्नो दाह्री काट्नुभएको जनाउँदै उहाँको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय सञ्चारमाध्यमले झुटो समाचार दिएको उल्लेख गर्नुभयो । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : ४८ बजे