८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२९ फागुण, २०७६,विहीबार)


२९ फाल्गुन २०७६, बिहिबार  

0
Shares


शक संवत १९४१ नेपाल संवत ११४० चिल्लागा परिधावी उत्तरायण शिशिर बिहीवार चैत्र कृष्णपक्ष तिथि तृतीया , १६ ः ४६ बजे उप्रान्त चतुर्थी नक्षत्र चित्रा , २१ ः ०५ बजे उप्रान्त स्वाती योग वृद्धि ८ ः ०४ बजेदेखि ध्रुव , २९ ः ०२ बजे उप्रान्त वृद्धि करण भद्रा १६ ः ४६ बजेदेखि वव , २७ ः ३८ बजे उप्रान्त भद्रा चन्द्रराशि कन्या आनन्दादी योग चर दिनमान २९।३९ सूर्योदय ६ ः १९ सूर्यास्त १८ ः १० ।
आजको कार्यक्रम ः
नालास्थित मत्स्येन्द्रनाथको रथ(यात्रा। नलायात्रा ।

राशीफल
मेष– स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ ।
वृष– विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।
मिथुन– परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ, कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ ।
कर्कट– विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ।
सिंह– स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।
कन्या– परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ, आज कसैबाट समर्थन एवम धन पाइने दिन छ ।
तुला– आज तपाइलाइ अनौठो तरिकाबाट धनलाभ हुन सक्छ, परिवारबाट सुखको अनुभुति पनि मिल्ला ।
वृश्चिक– हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।
धनु– खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ, भौतिक साधनको पनि क्षति हुने दिन छ होस पुर्याउनु होला ।
मकर– नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ, सोचे अनुसार काम सम्पन्न भने हुदैन ।
कुम्भ– आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।
मीन– नया काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ७ : ४३ बजे