१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


पाटनमा विकाश र सुशीलको दुई एकल प्रर्दशनी


२९ फाल्गुन २०७६, बिहिबार  

0
Shares

कला प्रर्दशनी अवलोकन को क्रममा प्राडा दिक्षित, कलाकार देसार र महर्जनलगायत । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२९ फागुन ०७६, मंगलबजार । ललितपुरको मंगलबजारस्थित पाटन म्युजियममा फरक फरक दुई कलाकारको एकल कला प्रर्दशनी शुरु भएको छ ।
प्रोफेसर डाक्टर हेमाङ्ग दिक्षितले दुवै प्रर्दशनीको प्रर्दशनीको विहीबार विधिवत शुभारम्भ गर्नुभयो । दिक्षितले पोङ्ग पिकासो जस्तो आर्ट स्कूलमा कला सिकेका विद्यार्थीहरुले यसरी कला प्रर्दशनी गर्नु नेपाली बलाबजारका लागि खुशीको कुरा रहेको बताउनु भयो ।
योङ्ग पिकासो आर्ट कम्युनिटी स्कूलको आयोजनामा सुशीलकुमार ढुंगेलको सिम्प्ली सिटी शिर्षकमा मुर्त कला प्रर्दर्शित छन् ।
७५ वर्षिय ढुंगेल ५ बर्षदेखि योङ्ग पिकासो आर्ट स्कूलका विद्यार्थीको रुपमा आर्ट सिकिरहेका छन् । नेपाल सरकारको उपसचिव पदबाट २० बर्षअघि अवकाश प्राप्त ढुंगेल कलामा गहिरो रुचि भएकोले यो पेशामा प्रवेश गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आर्टमार्फत अद्भूत अभिव्यक्ति गर्न पाउदा हर्ष लागेको छ ।’

उद्घाटन सत्रमा सहभागीहरु ।

ललितपुर शंखमुलका विकाश महर्जनको पाटन संग्रालयमै दिव्लोच शिर्षकमा कला प्रर्दशनी भइरहेको छ । क्यानभासमा अर्लिक कलर पोतिएका आर्टमा चराचुरुङ्गीका संयोजन देख्न सकिन्छ ।
दरवार परिसरमा आयोजित उद्घाटन सत्रमा बोल्दै योङ्ग पिकासोका निर्देशक अजय देसारले ढुंगेलको यो उमेरमा पनि कला श्रृजनाको उत्साहको खुलेर प्रशंशा गर्नुभयो । उहाँले भन्नु भयो, भजन गाउन मन्दिर जाने करेसाबारी पसेर तरकारी स्याहार्ने उमेरमा कला क्षेत्रमा लाग्नु प्रसंनिय रहेको बताउनु भयो ।र्

एमविविएस पढ्न लागेको बेला भएको अकल्पिनिय दुर्घटनाबाट गुज्रेको स्मरण गर्दै देसारले कलाकार विकाश महर्जनको कला यात्राले जीवनले नयाँ मोड लिएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, विकाशको एमविविएस पढेर डाक्टर बन्ने चाहना पुरा गर्न सक्ने सहासको खेलेर चर्चा गनुभएको थियो ।
विकाशका आर्ट वकाथन २०१४ र वाटर कलर ग्रुप आर्ट एक्जिविसन २०१६मा समेत सहभागी भएर आर्ट एक्जिविशन गरिरहेका छन् ।
विहीबारबाट शुरु कला प्रर्दशनी शनिबारसम्म जारी रहनेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १० : १३ बजे