८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


ललितपुरको विशंखुमा जिपलाइन बन्दै


३० फाल्गुन २०७६, शुक्रबार  

0
Shares

जिपलाइन चढ्दै कर्मचारी कृपा बस्नेत । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२९ फागुन ०७६, विशंखु ललितपुर । ललितपुरको विशंखुनारायण मन्दिरसँगै समथर ठाँउ छ । गोदावरी गाँउ छर्लङ्गै देखिने यो ठाँउमा सहासिक पर्यटकका लागि जिप लाइन निर्माण भइरहेको छ ।
वाइल्ड वन्डर्स नेपाल नामको कम्पनीले जिपलाइन सञ्चालन गर्न लागेको हो । जिपलाइन सञ्चालनका लागि ७२ लाख लगानी लाग्ने संचालक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिपलाइन निर्माण भइरहेको विशंखुनारायण जंगल ।

आठ सय मिटर लामो जिपलाइन नजिकैको पल्लो डाँडासम्म पुग्न सकिन्छ भने फेरि फर्केर अर्को जिपलाइन चढेर आउन सकिन्छ । जान र आउन आठ सय मिटर लामो जिपलाइन चढ्न सकिन्छ । यसै ठाँउमा वालवालिकाहरुका लागि ३ वटा अरु जिपलाइन पनि निर्माण हुने संचालक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वालवालिकाहरुका लागि १ सय मिटर, ४५ मिटर र २ सय मिटरका जिपलाइन बन्छन् ।’
विशंखुनारायण सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष कमल बहादुर विष्टका अनुसार १० बर्षका लागि ४ लाख पचास हजार रुपैयामा सम्झौता गरेर बन क्षेत्र दिइएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘कम्पनीले हरेक वर्ष ४ लाख पचास हजार बुझाउनेछ । आम्दानी ज्यादा गर्नसके आम्दानीको ७ प्रतिशत दिनु पर्ने गरि सम्झौता गरिएको छ ।’


१० वर्षे समयावधि सकिएपछि थप सम्झौता गरिने त्यसो हुन नसके अन्य ठाँउमा स्थानान्तरण गरिने संचालक श्रेष्ठले बताउनु भयो ।
सामुदायिक बनमा पर्यापर्यटन विकाश कार्यविधि २०७५ अनुसार पर्यटकीय उद्योग खोल्ने अधिकार दिएकोले विशंखुनारायण सामुदायिक वन उपभोक्ता समितीले पेश गरेको कार्ययोजना जिल्ला वन कार्यालय ललितपुरले पास गरेका सहायक वन अधिकृत जिल्ला थिरप्रसाद कोइरालाले जानकारी दिनुभयो सहायक वन अधिकृत कोइरालाका अनुसार जिल्ला वन कार्यालयले केही प्राविधिक सहयोग समेत गरेको छ ।
आजकल जिपलाइनको परिक्षण भइरहेको छ । जिपलाइनको प्राविधिक पक्षको बारेमा जानकारी दिन कर्मचारीहरु कृपा विष्ट,आशिका खड्का, मञ्जु तामाङ्ग र शिवानी विष्टले निरन्तर जिपलाइन चढेर हेरिरेहका छन् ।
कर्मचारी कृपा विष्टका अनुसार जिपलाइन चढ्दा शुरुमा अलि अलि डर लागे पनि चढेपछि सहास बढ्ने बताउनु भयो । उहाँले भन्नु भया,े ‘चढ्दा उडेको जस्तो अनुभव हुन्छ । रमाइलो लाग्छ ।’

उहाले भन्नुभयो, ‘वन ऐन २०७६ मा पनि सामुदायिक वन पर्यापटनको लागि प्रयोग गर्न सकिने प्रावधान रहेकोले विशंखुमा जिपलाइन सञ्चालनका लागि कार्ययोजना स्वीकृत गरिएको हो ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : ०५ बजे