१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


ग्यास सिलिन्डरमा आगो लागे के गर्ने ?




ललितपुर खबर
आजकल धेरै घरमा ग्यास सिलिण्डर छ । यही सिलिण्डरको ग्यास बालेर हामी खानेकुरा पकाउछौं । दुर्भाग्यवस यो सिलिण्डरमा कुनै पनि बेला आगो लाग्न सक्छ । सिलिण्डर वा वरपर आगो लागेको खण्डमा पड्कनु अघि हामीसँग केही मिनेट समय हुन्छ ।
समयमै सिलिण्डरमा आगो लागेको देखेमा बच्नका लागि विभिन्न उपाय लगाउन सकिन्छ । सिलिण्डरमा आगो लागेपछि सिलिण्डर तुरुन्तै पड्कदैन । सिलिण्डर आगोले धेरै तातो भएपछि मात्रै पड्कने हो । आगो लागेपछि बचाउने समय ५ देखि १० मिनेट समय हुन्छ ।
ग्यासबाहिर आगो लागेको खण्डमा पटक्कै आत्तिनु हुँदैन । सावधानी र हतास नभई सुरक्षाका उपाय अननाउनुपर्छ । ग्यास पाइपमा आगो देखेको खण्डमा रेगुलेटर सहित पाइनलाई निकालेर फ्याक्ने हो भने तत्कालै समस्या समाधान हुन्छ । तर कहिले काँही रेगुलेटरबाटै आगो निस्केको हुन्छ । त्यसबेला भने अलि समस्या जटिल हुन्छ ।
सिलिण्डर नजिकै रेगुलेटरमा आगो बलिरहेको छ भने सिरक, जुटको बोरा ठूलो वा तौलियालाई पुरै भिजाएर सिलिण्डरलाई बेरि दिनुस् । अझैं निभेन भने फेरि आर्को कपडा यसरी नै भिजाएर छोपि दिनुस् । यसरी राम्रोसँग छोपिदिदा आगो निभ्छ । तर आगो निभेपछि तत्काल रेगुलेटर बन्द गर्न सकिदैन । सिलिण्डरमा पानी हालेर सेलाउन दिएपछि मात्रै हातमा कपडाले बेरेर रेगुलेटर बन्द गर्नुपर्छ ।
यदि सिलिन्डरमै लिकेज भएर ग्यास बाहिर आएको छ र आगलागी भएको हो भने सिलिन्डरलाई तानेर वा बोकेर बाहिर लैजानु पर्छ । त्यो सम्भव भएन भने आफूलगायत सबै परिवार सकेसम्म छिटो बाहिर निस्केर र दमकल र प्रहरीलाई खबर गर्नुपर्छ ।
आगो नलाग्न के गर्ने ?
हरेक पटक खाना पकाइ सकेपछि सिलिन्डरको रेगुलटर बन्द गर्नुपर्छ । रेगुलेटर सुस्त र विस्तारै बन्द गर्नुपर्छ । छिटो र झाट्झुट्ट गर्दा रेगुलेटर चाडै विग्रने र ग्यास लिकेज भएर अर्को विपत पर्न सक्छ ।
सकेसम्म पुरानो खाले सिलिण्डर वा सिलिण्डरको अवस्था खराव भएको शंका लागेमा त्यस्तो सिलिण्डर घरमा नै ल्याउनु हुँदैन । रेगुलेटरको बेरिङ वा रवरको हातल कस्तो छ हेक्का राख्नुपर्छ । रेगुलेटर अलिकती पुरानो वा विग्रेको शंका लागेको खण्डमा फेर्नुपर्छ । पाइप पनि बेला बेलामा फेर्नुपर्छ पाइप राख्दा सकेसम्म राम्रो खाले राख्नुपर्छ ।
ग्यास सिलिण्डर भान्साभन्दा बाहिर मानिस वा घर नभएको ठाँउमा छुट्टै राख्नु पर्छ । रेगुलेटर ग्यासमा जोड्दा राम्रोसँग जोडिएको छ छैन राम्रोसँग हेर्नुपर्छ ।
कहिले काँही ग्यासको पाइप मुसाले काटेर पनि आगलागीको समस्या आउछ । पाइप घिर्सेर धसिएर पनि विग्रन्छ ।
ग्यास सिलिण्डर वरपर आगो बाल्ने गर्नु हुँदैन । ग्याँस लिक भएको खण्डमा आगोजन्य बस्तु नजिक लैजानु हुँदैन भने बत्तीको स्वीच पनि खोल्नु हुदैन । बत्तीको स्वीचमा निस्कने करेन्टको झिल्कोले ग्यासमा आगो सल्कन सक्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : १३ बजे