४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


कुष्ठरोग कत्ति खतरनाक ? कसरी बच्ने ?



गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउदै कुष्टरोग पिडित पुरुष ।

राजकुमार पौडेल
कुष्ठरोग मानिसको छाला र स्नायू (नशा) मा प्रभाव पार्ने बैदिककाल देखिकै पुरानो रोग हो । यो रोग ढिलो गरी लाग्ने र बिस्तारै निको हुने रोग भए तापनि यो रोगले मानिस मर्दैन । कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्ये कम सर्ने रोग हो । समयमा नै यो रोग पत्ता लगाई नियमित उपचार गरेमा पुरै निको हुन्छ र अङ्गभङ्ग पनि हुँदैन, तर समयमा उपचार नगराए अङ्गभङ्ग हुनेछ ।
यस रोगलाइ कुष्ठि, कोढ, महारोग, सुनबैरि आदि नाम दिइन्छ । मानिसहरु यस रोगदेखि डराउँदछन् । डराउनुको मुख्य कारण अङ्गभङ्ग र हुनु हो । यो रोगको कारण माइक्रोव्याक्टेरियम लेप्रोसी हो भनेर नर्वे देशका डा. जी. ए हसानले कुष्ठरोगको किटाणु पत्ता लगाए त्यसैले यस रोगलाई ह्यान्सन डिजिज पनि भनिन्छ ।
कुष्ठरोग पुर्वजन्मको फलको परिणाम, देवताको श्राप, नाग लागेर लाग्ने रोग वा वंशानुगत रोग होइन । यो रोग खानपानको कारण (जस्तैः माछा÷मासु र दुधसँग खानाले वा मासुमा आलु मिसाएर खानाले) पनि लाग्दैन । यो रोग किटाणुबाट हुने अरु सरुवा रोगजस्तै हाम्रो आँखाले देख्न नसकिने स–साना किटाणुको कारणले गर्दा लाग्दछ । जसलाई माइक्रोव्याक्टेरियम लेप्रोसी भनिन्छ । स्वस्थ्य मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरेपछि त्यस मानिसको शरिरको रोग निरोधक शक्तिले ती किटाणुहरुलाई मार्न सकेन भने यो रोग लाग्दछ ।
कसरी सर्छ ?
हरेक मानिसको शरीरमा कुनैपनि सरुवा रोगको विरुद्ध लड्ने शक्ति हुन्छ । त्यस्तो शक्तिले शरीरभित्र पसेका रोगका किटाणुहरुलाई नष्ट पारी रोग लाग्नबाट बचाउँछ । अध्ययन अनुसन्धानबाट के थाहा पाइएको छ भने संसारका ९९% मान्छेहरुमा कुष्ठरोगसँग लड्ने शक्ति बलियो हुन्छ । अर्थात् १०० जना मानिसको शरीरमा कुष्ठरोगका किटणु प्रवेश गरेमा १ जनालाई मात्र यो रोग लाग्न सक्छ । यो रोग हात खुट्टामा भएको घाउको पीपबाट, रोगीको दिशा—पिसावबाट र रोगीले प्रयोग गरेको भाँडाकुँडा वा कपडाको पुनः प्रयोग गर्दा सर्दैन । रोगीलाइ लामखुट्ठे, उडुसले टोकेर पुनः स्वस्थ्य मानिसलाइ टोक्दा वा लोग्नेस्वास्नी बीचमा हुने शारिरीक सम्पर्कबाट पनि यो रोग सर्दैन । यदि गर्भवती आमालाई रोग लागेको भए तापनि बच्चा पेटमा हुन्जेल यो रोग सर्दैन अर्थात् रोगी आमाबाट पनी बच्चा जन्मदा स्वास्थ्य नै हुन्छ ।
सबै कुष्ठरोग लागेका व्यक्तिबाट अरुलाइ यो रोग सर्दैन । यो रोग धेरै किटाणु भएका र उपचार शुरु नगरेका कुष्ठरोगी व्यक्तिहरुबाट मात्र अरुलाइ सर्न सक्दछ । यो रोग सर्ने तरिका भनेको स्वास प्रस्वासको बाटोद्वारा सर्दछ । तसर्थ त्यस्ता धेरै किटाणु भएको कुष्ठरोग लागेको र उपचार नलिएको रोगीले स्वास फेर्दा वा हाछ्यँु गर्दा कुष्ठरोगका किटाणुहरु रोगीको शरिरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले स्वास लिंदा उसको शरिरमा प्रबेश गर्दछन् । यस तरीकाबाट मात्र यो रोग सर्दछ ।
लक्षणहरुः
कुष्ठरोग लाग्दा मान्छेको शरिरमा रोगका केही लक्षण तथा चिन्हहरु देखा पर्दछ । तर एउटै व्यक्तिमा ती सबै चिन्ह तथा लक्षणहरु देखा नपर्न पनि सक्छ । तसर्थ तल उल्लेख भएका चिन्ह तथा लक्षणहरुमध्ये कुनै पनि एक चिन्ह तथा लक्षण देखिएमा कुष्ठरोग पो हो कि? भनी शंका गर्नुपर्दछ र निदानको लागि (होकि होइन छुट्याउन) नजिकको स्वास्थ्य संस्था (हेल्थपोष्ट वा अस्पताल) मा पठाउनुपदर्छ ।
लक्षण
छालामा रातोे वा फुस्रो रंगको दाग आएमा,अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिएमा,अनुहार वा शरिरको अन्य भागमा गीर्खाहरु देखा परेमा,आँखीभौं झरेमा वा पातलो भएमा,हात खुट्टाका औंलाहरु बाङ्गो (खुम्चिएको) भएमा कुष्ठराग लागेको शंक ागर्न सकिन्छ । हात वा खुट्टा लत्रिएमा,हत्केला वा पैतालामा नदुुख्ने घाउ देखा परेमा
हत्केलाको मांशपेसीहरु सुकेर गएमा,,नाक थेप्चो भएर गएमा,लगातार हातगोडाहरु झम्झम् गरिरहेमा तुरुन्तै अस्पताल गएर जचाउनु पर्छ । कुष्ठरोग लाग्दाहातगोडाहरु पोल्ने र निदाएको जस्तो हुन्छ । अनुहारतिर कमिला हिँडेको जस्तो रग्रग् गर्छ । हातका औंलाहरु बिस्तारै कमजोर हँुदै जान्छ । लेख्दा कलम नसमातिने, टाँक लगाउन वा चौबन्दीको तुना बान्न नसकिने अवस्था हुन्छ । खुट्टा कमजोर हँुदै जान्छ । हिँडदा खुट्टामा चप्पल नअडिने जस्ता समस्या देखा पर्छ ।
कुष्ठरोगको उपचार
उपचारको दृष्टिकोणले कुष्ठरोगलाई दुई भागमा वर्गिकरण गर्न सकिन्छ । रोगको वर्गिकरणको कारण उपचारको निश्चितत्ता गर्न र रोगीहरुमा भविष्यमा देखापर्ने समस्याहरुको अनुमान तथा योजना बनाउनु हो । कुष्ठरोगको वर्गिकरण रोगीको शरिरभित्र भएको किटाणुको संख्याको आधरमा गरिन्छ । धेरै किटाणुको संख्या भएमा शरिरभरि यसको चिन्ह तथा लक्षण देखिन्छ र किटाणुको संख्या थोरै भएमा निश्चित एक वा दुई भागमा मात्र चिन्ह र लक्षणहरु देखा पर्दछ ।
क. धेरै सर्ने प्रकारको कुष्ठरोग
सर्ने प्रकारको कुष्टरोग भन्नासाथ छुट्टै प्रकारको किटाणुहरु लाग्ने रोग होइन । कुनैकुनै मानीसहरुमा कुष्टरोगसँग लड्न सक्ने शक्तिको कमी हुनाको कारणले कुष्ठरोगको किटाणुहरुको संख्या अत्याधिक हुन्छ र शरिरको सबै भागमा किटाणुहरु फैलिन्छन् र शरिरभरि यसको चिन्ह तथा लक्षणहरु देखिन्छन् (जसमा, कानको लोती मोटो, अनुहार फुलेको र चिल्लो तथा चम्किलो थेप्चिएको नाकसमेत हुन्छ) । यस्ता कुष्ठरोगीहरुको मुख तथा नाकबाट कुष्ठरोगको किटाणुहरु स्वास फेर्दा सजिलै बाहिर निस्कन सक्दछन्, यिनै बाहिर निस्किएको किटाणुहरु अर्को स्वास्थ्य मानिसले स्वास लिंदा शरिरभित्र प्रवेश गर्दछ र कुष्ठरोग सर्दछ ।
यस्तै धेरै किटाणु भएको व्यक्तिलाई जतिसक्दो छिटो उपचारमा ल्यउन आवस्यक हुन्छ, अन्यथा समाजमा थुप्रै स्वस्थ्य व्यक्तिहरुलाई कुष्ठरोग सारिदिन सक्दछन् । यदि यस्तो धेरै सर्ने खालको कुष्ठरोेगले बहुऔषधि उपचारको एक मात्रा खानासाथ सो व्यक्तिबाट अरुलाई रोग सर्दैन । यस्तो रोगीहरु पुर्ण निको हुनको निम्ति १२ महिनासम्म लगातार बहुऔषधी उपचार प्रयोग गर्नुपर्ने हुन्छ । जसमा च्षबmउष्अष्ल, म्बउकयलभ, ऋयिाबशबmष्लभ नामका ३ प्रकारको औषधि हुन्छन्, यसको पाकेटलाई ःद्य ःम्त् भनिन्छ ।
ख. कम सर्ने प्रकारको कुष्ठरोगः
धेरै सर्ने र कम सर्ने दुवै प्रकारको कुष्ठरोगको किटाणुहरु एकै प्रकारका हुन्छन् । तर जुन व्यक्तिहरुमा कम सर्ने प्रकारको रोग लागेको हुन्छ, तिनीहरुको शरिरमा कुष्ठरोगका किटाणुसँग लड्नसक्ने शक्ति धेरै हुन्छ । यसै कारणले गर्दा किटाणुको संख्या अत्याधिक हुन पाउदैन र शरिरको सबै भागमा रोग फैलिन पाउदैन निश्चित एक वा दुई भागमा मात्र फैलिने हुँदा रोगका चिन्ह लक्षणहरु पनि निश्चित मात्र देखा पर्दछ । नाक, मुखबाट किटाणु बाहिर निस्कन नसक्ने हुँदा यस्तो बिरामीहरु समाजको निम्ति कम खतरा हुन्छन्, तर बिरामीहरुको निम्ति भने अङ्गभङ्ग गराइदिन सक्ने खतरा हुन्छ ।
यस्तो थोरै किटाणु भएको व्यक्तिले जतिसक्यो छिटो उपचर गराउनुपर्ने हुन्छ अन्यथा उसको अङ्गभङ्ग हुनसक्ने खतरा रहन्छ । यस्तो कम सर्ने प्रकारको कुष्ठरोगीहरुले लगातार ६ महिनासम्म उपचर गराउनुपर्ने हुन्छ । जसमा च्षबmउष्अष्ल, म्बउकयलभ, ऋयिाबशबmष्लभ नामका ३ प्रकारको औषधिहरु हुन्छन् ।
 कुष्ठरोगीमा अङ्गभङ्ग हुने कारण
कुष्ठरोगको किटाणुले हाम्रो शरिरको प्रमुख दुई अङ्गहरुलाई असर गर्दछ, त्यसमा पहिलो छाला हो । जब छालामा असर गर्दछ, तब छालामा विभिन्न आकार र प्रकारका दाग, गिर्खा तथा चिल्लो र चम्किलो छाला देखापर्दछ । त्यस्तै गरेर दोश्रो भाग स्नायू (नशा) ल्भचखभ हो । स्नायूमा कुष्ठरोगको किटाणुले असर गर्दा, स्नायूबाट प्रभावित क्षेत्रहरु झम्झम् गर्न थाल्दछ जब स्नायूलाई बिगारी दिन्छ (काम नलाग्ने बनाउँछ) हाम्रो शरिरमा त्यो स्नायूको प्रभावित क्षेत्रहरुमा ३ कुराहरु गुम्दछ (हराउँछ) ।
(क) स्नायुको मार्फत दिनुपर्ने स्पर्स शक्ति हराउँछ ।
(ख) स्नायुको मार्फत हातगोडा (अङ्गहरु) चलाउन पर्ने अङ्गहरु कमजोर, चल्न नसक्ने र बाङ्गो हुने हुन्छ ।
(ग) स्नायुको आफनो प्रभावित क्षेत्रमा पसिना निकाल्ने र हाम्रो छालालाई ओसिलो राख्ने काम बन्द हुन्छ ।
अंङ्गभंङ्गबाट बँच्न र बचाउन सुरुको अवस्थामा कुष्ठरोगको किटाणुले सिधा असर गर्नासाथ प्रभावित हातखुट्टामा स्वयं हेरचाहा गर्दा अंङ्गभंङ्ग हुनबाट जोगाउन सकिन्छ । त्यसैगरि सुरु अवस्थामा रोग पत्त लगाई नियमित उपचर गर्नसके अङ्गभङ्ग नभई सजिलै रोग निको हुन्छ ।
कुष्ठरोगको रोकथाम 
कुष्ठरोगको जोखिमलाई न्यून गर्नको लागी कुष्ठरोग रोकथाम कार्यक्रम अन्तरगत प्रयोग गरिने च्षबmउष्अष्ल को एक मात्रा नै प्रभावकारी भएको र यसलाई बिरामीको परिवार तथा सम्पर्का रहेका समुदायमा कुष्ठरोग रोकथामको लागी कार्यानवयन गर्न सकिन्छ । यसले समुदायमा विध्यमान रहेको भेदभाव न्युनिकरण भई स्वास्थ्य सेवामा पहुचको स्तर बृद्धी हुनेछ । सम्पर्क परिक्षणको माध्यम वाट बिरामी खोजपडतालको साथै यो रोग रोकथामको लागी औषधीको सेवनले कुष्ठरोगको प्रकोपलाई तुलनात्मक रुपले कम गर्दछ भन्ने तथ्य बिभिन्न देशहरुमा गरिएका अध्यनहरुले देखाएकोछ । यस कार्यक्रमले कुष्ठरोगको नया बिरामी शुरु अवस्थामा पता लाग्नुका साथै क्षयरोग लगायतका अन्य बिरामीहरु पनी पता लगाई उपचारको लागी प्रेषण गरिन्छ । कार्यान्वयनको दृष्टीले यो कार्यक्रम किफायती र प्रभावकारी देखिन्छ ।
पौडेल आनन्दवन अस्पतालका तालिम प्रमुख रहेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : ४४ बजे