१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


राजधानीमा छैन, शौचालय कहाँ जाने ?



ललितपुर खबर
भन्नुमा मात्रै छ, राजधानीका काठमाडौं । यहाँ न्युनतम पुर्वाधार सार्वजनिक शौचालय पनि छैन । केटा मान्छेलाई मात्रै होइन, केटीहरुलाई झन् समस्या छ यहाँ । यो भीडमा कहाँ जाने शौचालय ?
राजधानीमा थोरै ठाँउमा मात्र शौचालय छ । त्यसबारे जानकारी राख्नुस् । ललितपुरको लगनखेल बसपार्क, काठमाडौंको भद्रकाली, ग्वार्को चोक, भृकुटीमण्डपजस्ता ठाँउमा शुल्क लिरेर शौचालय जान सकिन्छ । यस्ता सामान्य जानकारीले तपाईलाई आपतमा शौचालय जान काम लाग्छ ।
निःशुल्क रुपमा कसरी शौचालय प्रयोग गर्ने ?थोरै दिमाग लगाउनुभयो भने राजधानीमा सझिलै आपतकालीन रुपमा शौचालय प्रयोग गर्न सकिन्छ । त्यो पनि कुनै शुल्क नतिरि ।
राजधानीमा जहाँ त्यही शौचालय छैन भनेर काठमाडौं महानगरले विभिन्न नीजि रेष्टुरेण्टसँग मिलेर शौचालय प्रयोग गर्नसक्ने व्यवस्था गरेको छ । विकल्पको बारेमा यसरी पनि सोच्न सकिन्छ ।
राजधानीमा केही शौचालय यस्ता छन्, जहाँ तपाईले कुनै शुल्क तिर्नु पर्दैन । शौचालय पनि सजिलै प्रयोग गर्न सक्नु हुन्छ । राजधानीमा खुलेका ठूला सपिङ सेन्टर र मलहरु यसका उदारण हुन् । भाटभटेनी,सिभिल मल,लभिङ मल, वल्र्ड ट्रेड सेन्टर, सिटी सेन्टरजस्ता सपिङ सेन्टरमा रहेका शौचालय तपाई निधक्क प्रयोग गर्न सक्नु हुन्छ । जहाँ कुनै शुल्क लाग्दैन ।

पछिल्लो समय राजधानीमा बनाइएका गगनचुम्बी भवनको छेउतिर शौचालय बनाइएको हुन्छ । कार्यालयभन्दा बाहिर बनाइएका यी शौचालयहरु आपतकालीन रुपमा प्रयोग गर्न सकिन्छ ।
यी मल बाहेक पनि राजधानी केही सार्वजनिक स्थल छन्, जहाँ प्रवेश गरेर शौचालय प्रयोग गर्न सकिन्छ । राजधानीका अस्पताल, बैंकका शाखा,सरकारी कार्यालय, सहकारी संस्थाजस्ता सार्वजनिक निकाय तपाईका आपतकालीन शौचालय प्रयोग गर्ने स्थल हुन सक्छन् ।

कार्यालय समयमा प्रयोग गर्न सकिने अर्को बैकल्पिक शौचालय सरकारी कार्यालय पनि हुन् । जिल्ला प्रशासन कार्यालय, नगरपालिका र तीनका वडा कार्यालय, सिंहदरवारका मन्त्रालय, विभिन्न विभागहरु यसका उदाहरण हुन् ।
राजधानीको टुडिखेल,खुलामञ्चजस्ता ठाँउमा आयोजना हुने कार्यक्रममा आयोजकले भेहिकल शौचालय राखेका पाइन्छन् । यहाँ पनि आपतकालीन शौचालय प्रयोग गरेर लाभ लिन सकिन्छ । नगरपालिकाहरुले पछिल्ला समय विभिन्न ठाँउमा यस्ता भेहिकल शौचालय राखिदिएका पाइन्छन् । जुन पैदययात्रीका आपतकालीन शौचालयको रुपमा प्रयोग गर्न सकिन्छ ।

यी मल बाहेक पनि राजधानी केही सार्वजनिक स्थल छन्, जहाँ प्रवेश गरेर शौचालय प्रयोग गर्न सकिन्छ । राजधानीका अस्पताल, बैंकका शाखा,सरकारी कार्यालय, सहकारी संस्थाजस्ता सार्वजनिक निकाय तपाईका आपतकालीन शौचालय प्रयोग गर्ने स्थल हुन सक्छन् ।कार्यालय समयमा प्रयोग गर्न सकिने अर्को बैकल्पिक शौचालय सरकारी कार्यालय पनि हुन् । जिल्ला प्रशासन कार्यालय, नगरपालिका र तीनका वडा कार्यालय, सिंहदरवारका मन्त्रालय, विभिन्न विभागहरु यसका उदाहरण हुन् ।
राजधानीको टुडिखेल,खुलामञ्चजस्ता ठाँउमा आयोजना हुने कार्यक्रममा आयोजकले भेहिकल शौचालय राखेका पाइन्छन् । यहाँ पनि आपतकालीन शौचालय प्रयोग गरेर लाभ लिन सकिन्छ । नगरपालिकाहरुले पछिल्ला समय विभिन्न ठाँउमा यस्ता भेहिकल शौचालय राखिदिएका पाइन्छन् । जुन पैदययात्रीका आपतकालीन शौचालयको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १ : ०२ बजे