१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


यसरी जोगाउन सकिन्छ कान सुन्ने क्षमता




डा. मिलन महर्जन
तपाई कानको समस्याले पिडित हुनुहुन्छ ? कान नसुन्ने वा अलि अलि मात्रै सुन्ने समस्या छ भने नडराउनुस् । तत्काल अस्पताल गएर कानको डाक्टरसँग जचाउनुस् ।
कान सुन्ने क्षमताको ह्रास कान पाक्ने समस्या सुरु हुन्छ । कान पाकेपछि तत्काल उपचार सुरु गर्ने हो भने बहिरो हुनबाट जोगाउन सकिन्छ । कान पाके पनि बेवास्ता गरेर घरमै बस्ने हो भने समस्या बढ्दै जान्छ ।
यसका लागि विद्यालयस्तरमै जनचेतना फैलाउन जरुरी छ । अभिभावकहरुलाई पनि कानको समस्याका बारेमा जानकारी दिने हो भने यो रोगका सक्रमितहरु घटेर जान्छन् ।
कान पाक्ेपछि अस्पताल जाने र उपचार सुरु गरि हालेको अवस्थामा दिर्घरोग हुनबाट बच्न सकिन्छ ।
कान पाकेपछि कन्याउने र तेल हाल्ने काम गर्नु हुँदैन । कानमा घोचेर कन्याउन जालीमा दख्खल पुग्छ । तेल हालेपछि जालीमा ढुसी पर्छ । कानमा ढुसी लागेपनि धेरै मानिस तुरुन्त जचाउन जादैन । धेरै विरामीहरुले डाक्टरको सल्लाह विपरित विभिन्न औषधि कानमा हालेको पनि पाइन्छ । यसो गर्दा एण्टिवायोटिक चलाउदा समस्यामाथि झन् समस्या पर्छ ।


कुन अवस्थामा काम सुन्न सक्दैनन्
कतिपय वालवालिका जन्मदै केही सुन्न सक्दैनन् । यसका धेरै कारण छन् । बच्चाहरु जन्मदा नै कम कान सुन्ने पनि हुन्छन् । बच्चा जन्मने बेलामा लामो समय अक्सिजनको कमी भएको खण्डमा कानको समस्या हुन सक्छ । जन्मेपछि इन्फेक्सन भए पनि कानको समस्या हुन्छ । मेनिन्जाइटिस,हाँडे रोग र कानको नशामा समस्या भई दुवै कान नसुन्ने अवस्था पनि आएको हुन्छ ।
गलत औषधिले पनि कानको समस्या आइरहेको हुन्छ । ती औषधिले कानको भित्री नशालाई समस्या पारिरहेको हुन्छ । किड्नी, क्यान्सर, विभिन्न किसिमका एण्टिवायोटिकले पनि भित्री कानको नशा विगार्न सक्छ । ती औषधि चलाउदा सर्तक हुनु जरुरी छ ।
कानको समस्या समयमै पत्ता लगाएर उपचार गर्ने हो भने बहिराको समस्या भोग्नेहरु पनि राम्रोसँग कान सुन्न बन्न सक्छन् । तर ढिला उपचार गर्दा सुन्ने क्षमता फर्काउन सम्भव नहुन पनि सक्छ ।
कानको भित्री भागमा कक्लेट इम्प्लान्ट अपरेसन गरेर कानभित्र राखेर कान सुन्ने बनाउन सकिन्छ । यो प्रविधिबाट कान नसुन्नेहरुले समेन कान सुन्न सक्छन् । तर उपचार समयमै हुनु पर्ने हुन्छ । नत्र यो प्रविधिले पनि काम गर्दैन ।
उपचार कहाँ गर्ने ?
नेपालमा लगभग २ सय जना इएनटी(कान) डाक्टर छन् । यति धेरै डाक्टरहरु भएकाले सुविधा सम्पन्न शहरहरुमा कानको उपचार हुने गरेको छ । कक्लेट इम्प्लान्ट चाँही शिक्षण अस्पताल महाराजगञ्जमा उपलव्ध छ । यो प्रविधि महँगो छ ।
नेपालमा कानको उपचार अरुभन्दा केही महँयो पर्छ । तर सेवा उपलव्ध चाही छ । गएको १० वर्षभित्र नेपालमा कानको उपचारमा नाटकीय सुधार भएको छ । नेपालमा सरकारीभन्दा नीजि अस्पतालले कानको राम्रो उपचार गरिरहेका छन् ।
नीजि अस्पतालहरुमा धेरै अडियोलोजिस्ट र इएनटि डाक्टरहरु काम गरिरहेका छन् । नेपाल सरकारका अस्पतालमा एक जना मात्र कान विशेषज्ञको दरवन्दी छ ।
नेपालमा स्वास्थ्य जनचेतना छैन । सबै नेपाली स्वास्थ्यप्रति रुचि राखेर सजक भइदिने हो भने हामी स्वस्थ्य जीवन बाँच्न सक्छौं । सरकारी क्षेत्रले स्वास्थ्य जनचेतनाका लागि धेरै काम गर्न बाँकी छ । साना संस संस्थाहरुले जनचेतना र कानको समस्या निदानका लागि काम गरिरहेका छन् । तर त्यसले मात्रै पुग्दैन ।
नेपालमा कानको समस्या भएका विरामी कति छन् भन्ने विषयमा यतार्थ तथ्याङंक उपलव्ध छैन ।
नेपालमा १५ दशमलभ ३ प्रतिशत कानको समस्या भोगिरहेका प्रारम्भिक तथ्यांक पाइन्छ । ती मध्ये ६० प्रतिशत वालवालिकाहरुमा उपचार गर्न सकिने किसिमका कानको समस्या रहेको तथ्यांक छ ।
महर्जन ईएनटी डाक्टर रहेकी छिन् । उनी इअर केयर नेपालमा काम गर्छिन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : ०२ बजे