८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१ चैत्र २०७६, शनिबार)


१ चैत्र २०७६, शनिबार  

0
Shares

०१ चैत , २०७६ इ.सं.(उत्तरायण वसन्त शनिवार) तिथि पञ्चमी, १२ ः ३० ः २९ बजे उप्रान्त षष्ठी नक्षत्र अनुराधा, १८ ः २० ः १० बजे उप्रान्त ज्येष्ठा योग वज्र, २३ ः २४ ः १३ बजे उप्रान्त सिद्धि करण
गर १२ ः ३० ः २९ बजेदेखि वणिज, २३ ः ३४ ः ५७ बजे उप्रान्त वालव चन्द्रराशि तुला आनन्दादी योग दिनमान सूर्योदय ०६ ः १४ ब्ः सूर्यास्त ०६ ः १२ एः
राशीफल ः
मेष– गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन, पैसा भने अनायसै खर्च होला ।
वृष– झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला ।
मिथुन– केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ ।
कर्कट– केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।
सिंह– साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ ।
कन्या– गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला ।
तुला– आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला ।
वृश्चिक– परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला ।
धनु– अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ ।
मकर– सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला ।
कुम्भ– प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनी मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ ।
मीन– शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : ०० बजे