१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खु–कुलेखानी सडक छिटो बनाउन निर्देशन


२ चैत्र २०७६, आइतबार  

0
Shares


२ चैत्र ०७६, हेटौडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले काठमाडौँको बल्खुदेखि हेटौँडा जोड्ने मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने छैमले–सिस्नेरी–कुलेखानी सडकखण्डको गुणस्तरीयका साथ निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभएको छ ।
उहाँले इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मकवानपुरको सिमाना र काठमाडौँको छैमलेमा आज दुवैतर्फका उपभोक्ता समितिको भेलालाई सम्बोधन गर्नुहुँदै केन्द्रीय राजधानी काठमाडौँलाई यदाकदा सडक अव?द्ध हुँदा आइपर्ने खाद्यान्न, इन्धन र निर्माण सामग्रीको आपूर्तिमा सहज तुल्याउन उक्त राजमार्गलाई अब फराकिलो र गुणस्तरीय ढङ्गबाट निर्माण कार्य प्रारम्भ गर्न एक हप्ताभित्र जनपरिचालनसहित प्राविधिक टोली खटिने भएको उल्लेख गर्नुभयो ।
मन्त्री फुयाँलले उक्त राजमार्ग निर्माणका लागि प्रदेश सरकारले आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराउने जानकारी दिनुभयो । उक्त भेलामा तत्कालीन संविधानसभाका सदस्य सुवासचन्द्र ठकुरीले स्थानीय उपभोक्ता समिति र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको प्राविधिक टोलीको निगरानीमा छिट्टै गुणस्तरीय मापदण्डअनु?प निर्माण कार्यलाई तीव्रता दिइने, मकवानपुर र काठमाडौँका विभिन्न राजनीतिक दलका प्रतिनिधि स्थानीय निकायबीच समन्वय गरी आवश्यक स्रोतसाधन उपलब्ध गराई बल्खु–छैमले–सिस्नेरी र कुलेखानी सडकखण्डमा यातायातको आवतजावतलाई थप सुविधा उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गर्ने बताउनुभयो ।
उक्त भेलामा काठमाडौँको दक्षिणकाली नगरपालिकाका प्रमुख÷उपप्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समिति र मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालगायत विभिन्न उपभोक्ता समिति तथा मन्त्रालयका प्राविधिकको सहभागिता थियो । काठमाडौँको रत्नपार्क र कालीमाटीबाट मकवानपुरको फाखेल र सिस्नेरी हुँदै कुलेखानीको कलङ्कीसम्म दैनिक यात्रुवाहक बस आवतजावत गर्ने गरिएको पनि इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : ४४ बजे