
४ चैत्र ०७६,पनौती । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कफ्र्यु आदेश जारी भएको कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा मङ्गलबार कफ्र्यूपछिको सुनसान पनौतीबजार । टिपरको ठक्करबाट सोमबार आमाछोरीको मृत्यु भएपछि तनावग्रस्त बजारमा मङ्गलबार बिहान ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कफ्र्यू जारी गरिएको छ । तस्वीरः पेमा लामा/रासस
सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । “परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यू आदेश जारी गरेका छौँ”, उहाँले भन्नुभयो ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो । –––








प्रतिक्रिया