१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भट्टेडाँडाका वडाध्यक्ष विष्णुले लेटरप्याडमै लेखे बन्दको विज्ञप्ती


५ चैत्र २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
५ चैत्र ०७६, ललितपुर । दक्षिण ललितपुरस्थित वागमती गाँउपालिका ३ भट्टडाँडाका वडाध्यक्ष विष्णु तिमल्सिनाले वडा कार्यालयको लेटरप्याडमै बन्दको विज्ञप्ती प्रकाशन गरेका छन् ।
प्रकाशित विज्ञप्ती अनुसार चैत्र ६ गते विहीबार भट्टेडाँडाको तिनपानेदेखि तामाखानीसम्म बन्दको घोषणा गरिएको छ । मगलबार भएको घटनालाई लिएर वडाध्यक्ष विष्णु तिमल्सिनाले विज्ञप्तीमार्फत प्रहरीलाई कारवाहीको माग समेत गर्नुभएको छ ।
वडाध्यक्ष तिमल्सिनाद्वारा जारी विज्ञप्तीमा लेखिएको छ– ‘महानगरिय प्रहरी बृत्त चापागाँउबाट खट्टिएर आउनु भएका इन्स्पेक्टर राजन लम्सालको नेतृत्वमा आएको प्रहरीद्धारा सिडियोको आदेश छ पक्राउ गरि ल्याउनु भन्दै गोविन्द दाहाल,नवराज खड्का र विष्णु तिमल्सिनालाई गोली समेत ताकेर हान भन्ने आदेश गरी लछार पछार, ज्यादतीपूर्ण व्यावहार गरेको हुँदा उक्त कार्यप्रति घोर भत्सना प्रकट गर्दै सम्बिन्धित निकायबाट छानविन गरी उक्त प्रहरी अधिकृतलाई हदसम्मको कारवाही नबढाएमा यस भट्टेडाँडा वडा कार्यालय र स्थानीय बासिन्दाद्वारा मिती २०७६÷१२÷६ गतेदेखि दुध तथा तरकारी गाडी, एम्बुलेन्स र अत्यावश्यक सवारी साधनहरु बाहेक अन्य सवारी साधन पूर्ण रुपमा भट्टेडाँडा ३ मा पर्ने तिनपानेदेखि तामाखानीसम्मको कान्तिलोकपथ खण्ड अनिश्चितकालीन बन्द हुने कुरा यसै विज्ञप्तीमार्फत सर्वसाधारणमा जारी गरिन्छ ।’
विज्ञप्तीको अनुसार स्थानीय बासिन्दाहरुबीच सामान्य विवाद भएपछि भट्टेडाडा प्रहरी चौकीमा उपस्थित हुँदा यो घटना भएको थियो ।
वडाध्यक्ष तिमल्सिनाले बन्दको आह्वान गरेर जारी गरेको विज्ञप्ती सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालका विज्ञप्ती शेयर गर्दै धेरैले सरकारी निशाना छाप र लेटरप्याड दुरुपयोग भएको टिकाटिप्पणी छरपस्ट भएको छ ।
वडाध्यक्ष विष्णु तिमल्सिनाले वडाध्यक्षले लेटरप्याड नै प्रयोग गरेर विज्ञप्ती प्रकाशन गर्ने चलन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सासदले पनि यसरी नै लटेर प्याड प्रयोग गर्नुहुन्छ । हामीले पनि प्रयोग गर्ने गरेका छौ ।’
घटनाका विषयमा महानगरिय प्रहरी वृत्त चापागाँउका इन्स्पेक्टर राजन लम्सालले प्रहरी चौकीमा विवाद नमिल्ने अवस्था भए सिडियो कार्यालय जाउ तपाईको गाडीमा जाँदा पनि हुन्छ भनेको तर गोली हान्ने आदेश नदिएको बताउनु भयो उहाँले भन्नुभयो,‘मैले गोली हान्छु भनेको छैन ।’
इन्सपेक्टर लम्सालले वलुवा खानीमा एक्टाभेरको चावी खोसेको विवाद मिलाउन छलफल भएको बताउनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : १६ बजे