८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१० चैत्र २०७६, सोमबार)


१० चैत्र २०७६, सोमबार  

0
Shares


आज २०७६ चैत्र १० गते, तद्नुसार २०२० मार्च महिनाको २३ तारिक । चतुर्दशी पञ्चाङ्ग, शुभ सकुनी पूर्वभाद्रपदा आजको राशीफल यस प्रकार छ ः
मेष– आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ ।
वृष– व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् ।
मिथुन– नया काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ ।
कर्कट– आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।
सिंह– आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ ।
कन्या– हातहतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।
तुला– काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान–सम्मानमा आघात पर्ने देखिन्छ ।
वृश्चिक– चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ ।
धनु– पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ ।
मकर– स्वास्थ्यले साथ नदिन सक्छ सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ ।
कुम्भ– कामहरु आज सजिलै संग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला ।
मीन– व्यापार व्यवशायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ ।

बिशेष काम गर्ने राम्रो समय ०६ः०८ देखि ७ः८ सम्म छ, यो समय चन्द्र होरा र अमृत बेलाको समय हो ।
साथै अर्को राम्रो समय दिउसो ज्ञस्ण्डदेखि ण्द्दस्ण्ड सम्म छ यो समय चन्द्र होराको हो । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन ।
राहु काल बिहान ठस्घढ देखि ढस्ज्ञण्सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ र
यात्रामा जादा खिर, दुध,चौलानी वा यी वस्तु बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुनेछ । सोचेको राम्रो काम अवस्य बन्नेछ र यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आज यात्रामा निस्कदा केहि पश्चिम दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु कुनै पनि मंगल कार्य, पशु–बनस्पति किनबेच, धार्मिक कार्य, मोती चादी–सेतो बस्तुको काम, मिश्रित किसिमको काम र आगोको काम, बिगार्ने भत्काउने काम, बिषादी र हतियार प्रयोगको काम.विवाह, लुगा लगाउन, सवारी सााधन मर्मत, बाटो बनाउनु, पौष्टिक काम ,गीत संगित, खेल, कपडा, साथीको काम, गहना बनाउने जस्ता काम आज फाब्छन ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : ४९ बजे