८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (११ चैत २०७६,मंगलवार)


११ चैत्र २०७६, मंगलबार  

0
Shares


आज २०७६ चैत्र महिनाको ११ गते मगलबार तद्नुसार २०२० मार्च २२ । घोेडे जात्रा ÷ विश्व क्षयरोग दिवस । ज्योतिष पण्डित तुलसी भारद्धाजद्वारा लिखित आजको राशीफल यस प्रकार छ ः
मेष– अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने हठोट गरे सफल भइनेछ ।
वृष– खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ ।
मिथुन– खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ ।
कर्कट– व्यवारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन्, आज आलस्यले पनि सताउला ।
सिंह– भग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंग रमाइनेछ, वित्त आदिको पनि लाभ हुनेछ ।
कन्या– फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ, सन्तानबाट पनि सुखको समाचार आउला ।
तुला– आर्थीक पक्ष्य ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला ।
वृश्चिक– साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ ।
धनु– मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन, पढाइमा पनि प्रगति होला ।
मकर– मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ ।
कुम्भ– सुखबाट टाढा हुनुपर्ने समय छ साथै गरेका काममा सफलता नमिल्ने देखिन्छ, नचाइने ठाउमा धनको नाश होला ।
मीन– रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ, धनजनको पनि लाभ होेला ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ५२ बजे