८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१३ चैत्र २०७६, बुधवार)


१३ चैत्र २०७६, बिहिबार  

0
Shares


आज २०७६ चैत्र १२ गते बुधबार तदनुसार २५ मार्च २०२० । पञ्चाङ्ग ः । चैत्र कृष्ण प्रतिपदा, इन्द्र वलव रेवती । ज्योतिष पण्डित तुलसी भारद्धाजद्वारा लिखित आजको राशीफल यस प्रकार छ ः

मेष– आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउबाट पैसा आउने देखिन्छ ।
वृष– आज तपाइको नया ठाउको भ्रमणले आर्थिक लाभ हुन सक्छ र कसैबाट समर्थन पनि पाइएला ।
मिथुन– बौद्धिक कार्यबाट धनलाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला होस पुर्याउनु होला ।
कर्कट– आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहोला ।
सिंह– आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।
कन्या– आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।
तुला– साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ, केही कारणले धनको पनि नाश होला ।
वृश्चिक– स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसंग सानो मनमुटाव हुन सक्छ ।
धनु– गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै होला ।
मकर– मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन, जाँगर बढ्नेछ ।
कुम्भ– व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।
मीन– आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, तर पढाइमा भने खासै मन नजाला ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ५ : २३ बजे