१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बज्रवाराहीमा भेटियो शंकास्पद कोरोना विरामी, कान्तिमा रिफर


१३ चैत्र २०७६, बिहिबार  

0
Shares

चापागाँउ बज्रवाराहीस्थित बज्रवाराही चापागाँउ अस्पताल । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर
१३ चैत्र ०७६,चापागाँउ । ललितपुरको बज्रवाराही चापागाँउ अस्पताल चापागाँउबाट कोरोनाको शकास्पद एक वालिका महाराजगञ्जस्थित कान्ति वालिका अस्पतालमा रिफर गरिएका छ । मंगलबार अस्पतालमा कोरोना सक्रमणको आशंकामा जाँच गर्न ल्याएपछि कोरोनाको लक्षणसँग ठ्याक्कै मिल्ने अवस्था देखिएपछि उनलाई कान्ति वाल अस्पताल रिफर गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटरेण्ट डाक्टर किसन नेपालीले ललितपुर खबरलाई जानकारी दिनुभयो ।
ती वालिका विदेशबाट फर्किएको व्यक्तिसँग नियमित भेटघाट भएको जानकारी आएपछि विस्तृत जाँच र उपचारका लागि रिफर गरिएको डाक्टर नेपालीको भनाई छ ।
संक्रमणको आशंका गरिएको वालिका विदेशबाट आएका ती व्यक्तिसँग भेटघाटपछि २÷३ दिनपछि ज्वरो र खोकी आएपछि अस्पताल ल्याइएको ती वालकालाई उदृत गर्दै डाक्टर नेपालीले जानकारी दिनुभयो ।
प्राप्त जानकारी अनुसार उनका आफन्त विदेशबाट आएपछि यी लक्षणहरु देखिएको हो । डाक्टर नेपालीले विदेशबाट आउने ती व्यक्तिलाई पनि ज्वरोहरु आइरहेको जानकारी रहेको बताउनु भयो ।
अस्पतालले कोरोनाको लक्षण र परिस्थितीजन्य अवश्थाको विश्लेषण गरेर सबै विधि पु¥याएर सुरक्षित तरिकाबाट कान्ति वाल अस्पताल पु¥याइएको हो ।

डाक्टर नेपालीका अनुसार तत्काल आइसुलेसन वार्डसञ्चालनमा नआएकाले उनलाई कान्ति वाल अस्पताल रिफर गरिएको हो ।

निर्माणाधिन आइसुलेसन सेन्टर ।

अस्पतालले १० शैयाको आइसुलेसन वार्ड स्थापना गरिरहेको छ । अस्पताल १/२ दिनमै यो वार्ड शुरु गर्ने जानकारी दिएको छ ।
लक डाउन भएपछि अस्पतालमा विरामी आउने क्रम घटेको छ ।
अस्पतालमा कोरोना सक्रमित समेत उपचार गर्न आउने र स्वास्थ्यकर्मी समेत सक्रमित हुन सक्ने अवस्थाका कारण अस्पतालमा पर्सनल प्रोेक्टिभ उपकरण नहुँदा समस्या रहेको डाक्टर नेपालीले बताउनु भयो । बजारमा सक्रमण रोक्ने सामाग्री नहुँदा केही समस्या रहेको उहाँको भनाई छ ।
गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शत्रुघन प्रसाद शाहले मास्क पर्याप्त मात्रामा मात्रामा मेडिकल इक्युपमेन्टबजारमा नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘१४ सेट सामान मगाएका छौ । शाखा प्रमुख शाहका अनुसार विहीबार रणनीति तय गर्न छलफल राखिएको छ ।’

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ९ : ३२ बजे