१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लक डाउनपछि व्यापारीको दाउ हेटौँडामा कालोबजारी


१३ चैत्र २०७६, बिहिबार  

0
Shares

१३ चैत्र ०७६, हेटौडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसका कारण देखाउँदै दैनिक उपभोग्य खाद्यान्न तथा तरकारी र फलफूलको बिक्रीवितरणमा कालाबजारी बढ्दै गएको छ दाल, तरकारी तथा फलफूललगायत सामान चर्को मूल्यमा बिक्रीवितरण भइरहेको उपभोक्ताले गुनासो गरेका छन् ।
हेटौँडाका विभिन्न चोक तथा गल्लीमा रहेका थोक तथा खुद्रा पसलमा सामानको अभाव बताउँदै महँगो मूल्यमा बिक्रिी हुने गरेको हेटौँडा उपमहानगरपालिका ४ का रामप्रसाद दाहालले बताउनुभयो ।
किराना तथा तरकारीका थोक बिक्रेता श्याम कलवारले प्रत्येक सामानमा १० देखि ३० प्रतिशत मूल्य वृद्धि भएकाले आफूहरु पनि सोही मूल्य बराबरमा बिक्रीवितरण गर्न बाध्य भएको बताउनुभयो । स्थानिय प्रशासनले कालोबजारी गरेको पाइएमा कारवाही गर्ने बताएको छ । पसलहरु बिहान र साँझमा खुल्ने गरेकाले उपभोक्ताले मूल्यभन्दा बढी खरीदमा बढी जोड दिने गरेको प्रा भरत महाजनले भन्नुभयो ।
यस्तै कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषण गरेको लकडाउनले हेटौँडा बजार आज तेस्रो दिन पनि सुनसान देखिएको छ । फाटफुट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा लागि खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेत समेत गराइएको छ । स्थानीय प्रशासनले हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन कक्ष निर्माण गरी अस्पतालमा उपचारका लागि व्यवस्थासमेत गरेको छ । त्यस्तै हेटाँैडामा रहेका उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ५ : ०५ बजे