१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरका एम्बुलेन्स चालकलाई कोरोना सुरक्षा कवज


१४ चैत्र २०७६, शुक्रबार  

0
Shares

सन्दर्भ तस्व्रिर(फाइल)

१४ चैत्र ०७६, भक्तपुर । सङ्क्रमित बोक्न स्वरुप परिवर्तन गरी तयारी अवस्थामा राखिएका चार एम्बुलेन्सका चालकलाई भक्तपुर अस्पतालमा सुरक्षाका सामग्री प्रदान गरिएको छ ।
आफ्नो स्वास्थ्य जोखिममा पारेर बिरामी बोक्नुपर्ने अवस्था आएको गुनासो एम्बुलेन्स चालकले गरिरहेका बेलामा नेपाली सेना वीरदल गण सूर्य्विनायकका गणपति कर्णेल शिवप्रसाद पौडेलको पहलमा ल्याइएको सामग्री बिहीबार चालकलाई हस्तान्तरण गरिएको हो ।
चालकलाई गणपति पौडेलले सुरक्षित पोशाक पर्सनल प्रोटेक्सन इक्विप्मेण्ट, एन नाइन्टिफाइभ मास्क र भाइरस निर्मलीकरण स्प्रे किट एकएक थान प्रदान गर्नुभयो ।
मध्यपुरथिमि नगरपालिकाले रु ४० लाखमा ल्याएको नयाँ एम्बुलेन्स र जिल्लाका सूर्य्विनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाले पनि चलाएका एम्बुलेन्सको स्वरुपलाई परिवर्तन गरी चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर कोरोना सङ्क्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएको छ ।
सामाग्री हस्तान्तरणपछि चार एम्बुलेन्स चालकलाई भक्तपुर अस्पतालका चिकित्सक टोलीले पिपिइ , पञ्जालगायत सुरक्षित सामग्री लगाउने तरिका र कोरोना बिरामीलाई ह्यान्डलिङ्गÞ गर्ने तरिकाबारेमा तालीम प्रदान गरेको छ ।
गणपति पौडेलले भक्तपुर अस्पताललाई कोरोना सङ्क्रमितले मात्रै प्रयोग गर्ने गरी एक थान विशेष प्रकारको स्ट्रेचर पनि प्रदान गर्नुभएको छ । अस्पतालमा प्रयोग भइरहेको फलामको स्ट्रेचरमा अन्य बिरामी ओसार्नुपर्ने भएकाले एम्बुलेन्सबाट बिरामी झारेर आइसोलेशन वार्डसम्म लैजान अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमलाई हस्तान्तरण गरिएको हो ।
कोभिड–१९ सङ्क्रमितलाई आइसोलेटेड वार्डसम्म पु¥याउनका लागि जिल्लाका चार वटै नगरपालिकाले एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छन् ।
यता जिल्लाका अस्पतालले आइसोलेशन वार्ड तयार पारे पनि कोभिड–१९ का बिरामी आएमा उपचार गर्ने सामान्य सुरक्षित सामग्रीसमेत नभएको गुनासो गरेपछि जिल्लाका प्रत्येक अस्पताललाई सुरक्षित पोशाक तथा पिपिई, एन नाइन्टिफाइभ मास्क र भाइरस निर्मलीकरण गर्ने स्प्रे प्रदान गरिएको छ ।
वीर दल गणकै समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सकका लागि ल्याएको पिपिई ५० थान, एन नाइन्टीफाइभ मास्क ५० थान र भाइरस निर्मलीकरण स्प्रे किट १० थान जिल्लाका सबै अस्पताललाई वितरण गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : १३ बजे