१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शान्ति समाजद्वारा भारतीय अतिक्रमणको निन्दा


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


०१ जेठ ७७, काठमाडौं । लिपुलेक लगायतको नेपाली भु भाग अतिक्रमण गरी भारतले बाटो निर्माण गरेको घटनाको मानव अधिकार तथा शान्ति समाज निन्दा गरेको छ । समाजले एक पे्रस विज्ञप्ती प्रकाशित गरेर नेपाली भुमीमा बाटो निर्माण कार्य तत्काल रोक्न र कालापानीबाट यथाशीघ्र भारतीय सेना फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेको हो ।
प्रकाशित विज्ञप्तीमा नेपाली भुभागमाथिको भारतीय अतिक्रमणलाई रोक्न र नेपाली भुमी कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन शान्तिपुर्ण तवरमा कुटनीतिक÷राजनीतिक पहल तिव्र बनाउन नेपाल सरकार लाई समेत आग्रह गरेको उल्लेख छ ।
समाजका महासचिवद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ –‘भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भुभाग लिम्पीयाधुरा लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमान आहत भएको थियो । त्यसबेला उक्त राजनीतिक नक्सा तुरुन्त सच्याउन र अतिक्रमित नेपाली भुभागबाट भारतीय सेना तत्काल फिर्ता गर्न आह्वानसहित शान्ति समाजले सञ्चालन गरेको अभियानका क्रममा विभिन्न जिल्लामा दर्जन भन्दा बढी धर्ना प्रदर्शन सम्पन्न भएको थियो । यसैगरी सो विषयमा भारतीय प्रधानमन्त्रीसँग छलफल गर्न र यस्तो संवेदनशिल विषयमा नेपाल सरकारले कुटनीतिक÷राजनीतिक तवरमा गरेको पहल सहितको सम्पुर्ण विवरण समावेश गरी स्वेतपत्र जारी गर्न प्रधानमन्त्री के।पी शर्मा ओलीलाई आग्रहसहित दुई दर्जन भन्दा बढी जिल्लामा शान्ति समाजका जिल्ला शाखाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका थिए । तर यस्तो संवेदनशिल विषयमा नागरिक स्तरबाट अघि सारिएका सुझावहरुप्रति सरकार उदासिन रह्यो । एकातिर भारत आक्रामक ढंगले नेपाली भुभाग अतिक्रमण गरिरहेको छ, अर्को्तिर यस्तो संवेदनशील विषयमा कुटनीतिक÷राजनीतिक पहलमा नेपाल सरकार शिथिल र संवेदनहिन देखिन्छ । यस्तो गम्भीर विषयलाई अन्तराष्ट्रिय र क्षेत्रीय मञ्चहरुमा प्रभावकारी ढंगले उठाउन समेत नेपाल सरकारलाई शान्ति समाज आग्रह गर्दछ ।’

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ९ : ०८ बजे