१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तिलेश्वर र तिनपाने भञ्ज्याङमा हेल्थ डेस्क


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


२ जे ०७७, ललितपुर चापागाँउ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा गोदावरी नगरपालिका वडा नं ५ तिलेश्वर र वडा नं ६ तिनपाने भञ्ज्याङमा हेल्थ डेस्कको शुरुआत भएको छ ।
नगरपालिकाको दक्षिण भेग नाकाका रुपमा पर्ने यी स्थानमा बिहीबारदेखि डेस्कको सञ्चालन भएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त दुई नाकाबाट नगरक्षेत्र प्रवेश गर्ने व्यक्तिको अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गर्न जरुरी देखियो । तिनपाने भञ्ज्याङको सडक कान्ति लोकपथअन्तर्गत पर्ने र यहाँबाट मानिस प्रवेश गरिरहेका सूचनाको आधारमा हामीले डेस्कको स्थापना गरेका हौँ ।” उक्त डेस्क सञ्चालन गर्न वडा नं ५ का वडाध्यक्ष मिलन सिलवाल र ६ का वडाध्यक्ष विष्णुमान महर्जनले समन्वयकारी भूमिका खेल्नुभएको थियो ।
सो हेल्थ डेस्क सञ्चालनमा नेपाली सेना र नेपाल प्रहरीको सहभागिता रहेको थियो । यसैगरी गोदावरीले नगरपालिकाले भीडभाड नगर्न र अन्य जिल्लाबाट बहालमा बस्ने व्यक्ति आएमा अनिवार्यरुपमा वडा कार्यालयमा जानकारी गराउन आग्रह समेत गरेको छ । यसका साथै सो नगरपालिकाले अन्यत्रबाट आउने व्यक्तिलाई कसैले लुकाई–छिपाई राखेमा सम्पूर्ण जिम्मेवारी घरधनीको हुनाका साथै स्वास्थ्य ऐनबमोजिम कारवाही हुने जानकारी गराएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ७ : ३८ बजे