१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आरोग्य फाउण्डेशनका विरामी सडकमा पालो कुर्दै


३ जेष्ठ २०७७, शनिबार  

0
Shares


लपु संवाददाता
३ जेठ ०७७, पुल्चोक , ललितपुर । आरोग्य फाउण्डेशन पुल्चोकमा डायलासिस गर्न पुगेका विरामी सडकमा बसेर पालो कुर्नु परेको छ । कोरोना संक्रमित विरामी रहेको कारण बुधबार निदान अस्पताल क्षेत्र सिल गरेपछि यो यहाँ बाहिरका मान्छे जान अनुमती थिएन ।
हप्ताको ३ पल्ट डायलासिस गर्नु पर्ने हुँदा अस्पतालको ढोकैमा बसेर भित्र पस्न पालो कुर्नु परेको विरामी किरण थापाले गुनासो पोखिन् । भनिन्, ‘बस्ने ठाँउ छैन । विरामीलार्इं बस्ने व्यवस्था गरेको भए हुन्थ्यो ।’


मध्यान्हमा सडकमा बसेर अस्पताल छिर्न पालो कुरिरहेकी दुर्गा मास्के आफ्नो पति बैकुष्ठ मास्केलाई डायलासिस गर्न ल्याएको बताइन् । भनिन्, ‘कोरोना संक्रमणको त्रास रहेको बेला सिल गरेको यही अस्पताल आउनु परेको छ ।’
अस्पताल वरिपरि सावधान लेखिएको डोरी टाँगिएको छ । अस्पतालको गेटमा ज्वरो जाँच्ने स्वास्थ्यकर्मी बसीरहेकी छिन् । अस्पतालभित्र सुनसान छ ।
बोलाएपछि मात्रै विरामी भित्र जान पाउने अस्पतालको गेटमा तैनाथ एक सुरक्षाकर्मीले जानकारी दिए ।
निदान अस्पतालपरिसरमा आरोग्य फाउडण्ेशनले मृगौला का विररामीहरुको लागि नियमित डायलासिस गरिरहेको छ

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  २ : १६ बजे