१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आज दुई जनामा कोरोना सङ्क्रमण


३ जेष्ठ २०७७, शनिबार  

0
Shares

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा कोरोना भाईरसका रोकथामका विषयमा मन्त्रालयबाट गरिएको गतिविधिहरु प्रकाश पार्दै । तस्विर ः ललितपुर खबर

३ जेठ ०७६, काठमाडौं । कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीमा ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा सङ्क्रमण भएको बताउनुभयो ।

आज यसअघि नौ जनामा सङ्क्रमण देखिएको थियो । अहिले नयाँ देखिएका सङ्क्रमणसँगै सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ महिला रहेका छन् भने ३६ जना उपचारपछि घर फर्किसकेका छन् । अहिलेसम्म २६ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

प्रदेश नं १ मा ३६, प्रदेश नं २ मा १०९, वाग्मती प्रदेशमा १६, गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा १०९ र सुदूरपश्चिम प्रदेशमा पाँच जना सङ्क्रमित रहेका छन् । प्रवक्ता डा देवकोटाका अनुसार अहिलेसम्म ९२ हजार ४४० को कोभिड–१९ को परीक्षण गरिएको छ । पिसिआर विधिबाट २६ हजार ६९१ जना र आरडिटीविधिबाट ६५ हजार ७४९ जनामा परीक्षण गरिएको छ । यसैगरी २४ घण्टामा पाँच हजार २४३ को परीक्षण गरिएको छ । यसैगरी मुलुकभरि १६ हजार २६६ जना क्वारेन्टाइनमा र ३२० जना आइसोलेशनमा रहेका छन् ।

स्वास्थ्यकर्मीलाई सहयोग गर्न आग्रह

मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले विभिन्न सञ्चारमाध्यममा स्वास्थ्यकर्मीलाई घर भाडामा बस्न नदिने जस्ता कुरा सुन्नमा आएका भन्दै उहाँले स्वास्थ्यकर्मीको मनोबल घटाउने र असहयोग गर्ने, घरमा पस्न नदिनेलगायतका कार्य अवाञ्छिनीय भएकाले यस्ता कार्य नगर्नसमेत आग्रह गर्नुभयो ।

“हाम्रो जस्तो देशमा स्वास्थ्यकर्मीको सङ्ख्या नै न्यून रहेको छ, यस्तो न्यून सङ्ख्या रहेकामा उहाँहरुबाट नै सकेसम्म धेरैभन्दा धेरै स्वास्थ्य सेवा लिनुपर्ने हुन्छ, यो घडीमा उहाँहरुको मनोबल बढाउनुपर्दछ, सुरक्षित राख्नुपर्दछ”, मन्त्रालयका प्रवक्ता डा देवकोटाले भन्नुभयो ।

उहाँले पहिलो पङ्क्तिमा रहेका स्वास्थ्यकर्मीको परीक्षण गरिनेसमेत जानकारी दिनुभयो । मन्त्रालयले उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापन गर्नेसम्बन्धी मार्ग निर्देशन २०७७ तयार पारेको छ । कोभिड–१९ का सङ्क्रमित र सम्भावित सङ्क्रमण राख्ने अस्पतालमा कार्यरत रहने सबै स्वास्थ्यकर्मीको खटनपटनका लागि उक्त अस्पतालको जिम्मेवारी कस्तो हुने, व्यवस्थापन गर्न आर्थिक स्रोत कसरी जुटाउने र काम गर्ने स्वास्थ्यकर्मी थप जोखिममा रहेकाले त्यो जोखिमको कसरी व्यवस्थापन गर्ने भन्ने उद्देश्यले यो कार्य्विधि बनेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कार्य्विधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्स सबै कर्मचारीको व्यवस्थापन गर्न सहज हुनेछ । त्यसैगरी मानव अङ्ग प्रत्यारोपण केन्द्रमा रहेका छ वटा डायलासिस मेसिनलाई कोभिड–१९को सङ्क्रमण रहेका बिरामीका लागि छुट्याएर राखिने भएको जानकारी दिनुभयो ।
–––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ७ : ४९ बजे